प्रचण्ड गर्मीले अस्तव्यस्त जनजीवन [फोटोफिचर]

प्रचण्ड गर्मीले अस्तव्यस्त जनजीवन [फोटोफिचर]

केन्द्रबिन्दु
280
Shares

काठमाडौं । काठमाडौं उपत्यका लगायतका देशका विभिन्न जिल्लामा दिनप्रतिदिन गर्मी बढ्दै गइरहेको छ । प्रचण्ड तरिकाले गर्मी बढ्दै जाँदा अति आवश्यक कामबाहेक दिउँसाे बाटोमा हिँड्ने मान्छेको संख्या पनि फाट्टफुट्ट मात्रै देखिन्छ ।

साँझ वा बिहानी पख मात्रै मान्छेको चाप गर्मीका कारण सडक वा बाटोमा हुन थालेको छ । घाम चर्को नलागेता पनि यसको तापक्रम बढ्दा कोठामै बस्नेहरुलाई पनि गर्मीले सताएको पाइन्छ । गर्मी तुलनात्मक रूपमा गत वर्षको भन्दा अहिले बढी हो ।

गर्मी ह्वातै बढ्नु, समयमा अनुसार मौसममा परिवर्तन नआउनाले समस्या बनाइरहेकाे देखिन्छ । गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापारसमेत बढेको छ । गर्मीका थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, खुट्टा बाउँडिने, बेहोस हुने, टाउको दुख्ने, वान्ता हुने लगायतका असर देखिने गर्छ ।

तस्विरः राम कुमार थापा/केन्द्रबिन्दु

Logo