राष्ट्रपति भण्डारीलाई चीनमा ‘भव्य’ स्वागत, सेनाद्वारा सलामी अर्पण

राष्ट्रपति भण्डारीलाई चीनमा ‘भव्य’ स्वागत, सेनाद्वारा सलामी अर्पण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनमा भव्य स्वागत गरिएको छ । राष्ट्रपति भण्डारीको स्वागतमा चीन सरकारले सोमबार दिउँसो बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा जनमुक्ति सेनाबाट परेडका साथ सलामी अर्पण गरेको हो ।

ग्रेट हलमा चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । जनमुक्ति सेनाको सलामीपछि राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच द्वीपक्षीय कुराकानीसमेत भएको थियो ।

राष्ट्रपति भण्डारी र सीबीचको भेटमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको पनि सहभागिता थियो । दुईपक्षीय भेटमा चिनियाँ राष्ट्रपतिले समकक्षी भण्डारीलाई बीआरआई सम्मेलनमा व्यक्त सम्वोधनका लागि धन्यवाद ज्ञापन गरे । साथै राष्ट्रपति सीले नेपाल(चीन हिमाल र नदीले जोडिएको बताए ।

भ्रमणका क्रममा चीन र नेपालवीच विभिन्न ७ वटा समझदारीपत्रहरुमा हस्ताक्षर भएको छ । यस क्रममा बहुप्रतिक्षित पारवाहन यातायातसम्बन्धी पारवहन सम्झौताको प्रोटोकोलमा समेत हस्ताक्षर भएको हो । यसमा दुबै देशका परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका छन् ।

Logo