होटलमा लगेर जुम्ल्याहा दिदीबहिनीमाथि बलात्कार, २ जना पक्राउ

होटलमा लगेर जुम्ल्याहा दिदीबहिनीमाथि बलात्कार, २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

भक्तपुर । गेष्ट हाउसमा लगेर जुम्ल्याहा दिदिबहिनीमाथि बलात्कार गरिएको छ । रामेछाप घर भएका १५ वर्षीया जुम्ल्याहा दिदीबहिनीलाई गत बैशाख १३ गते ललाई फकाई कमलविनायकको फेमिली गेष्ट हाउसमा लगेर बलात्कार गरिएको हो ।

बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१,० मूलढोका बस्ने २६ वर्षीय सुनिल शिल्पकार र काभ्रे रोशी गाउँपालिका ७ घर भई हाल भक्तपुर कमल विनायक बस्ने १८ वर्षीय विशाल तामाङ रहेका छन् । उनीहरुलाई प्रहरीले १४ गते राति पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए ।

जुम्ल्याहा दिदीवहिनीले आफुहरुमाथि बलात्कार भएको भन्दे प्रहरीमा किटानी जाहेरी दिएका थिए । वैशाख १३ गते १ बजे घरबाट दुई छोरी हराएको भन्दै १४ गते साँझ बालिकाको आमाले महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएकी थिईन् । उजुरीपछि खोजतलासको क्रममा त्यसै दिन राति ९ बजे आरोपितलाई गिरफ्तार गरिएको एसपी श्रेष्ठले बताए ।

Logo