क्रिस्चियन पास्टरले गरे बुबाको १३ दिने मृत्यु संस्कार

क्रिस्चियन पास्टरले गरे बुबाको १३ दिने मृत्यु संस्कार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यतिबेला नेपालमा धर्म परिवर्तनले खेल तिब्र गतिमा बढिरहेको छ । विशेषगरी क्रिश्चियन बन्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको हो । अर्को कुरा एक धर्म मान्नेहरुले अर्को धर्मको मान सम्मान गर्नुको साटो अपहेलना पनि गर्नेको संख्या उत्तिकै छ । उनीहरुले आफ्नो धर्मलाई नै सर्वोपरी ठान्ने गरेका छन् ।

अन्य धर्म परिर्वतन गरेर क्रिश्चियन बन्नेहरुले सबै त्याग गर्नुपर्ने उनीहरुको मान्यता हुन्छ । यस्तो मान्यतालाई चुनौती दिँदै एक पादरीले आफ्नो बाबुको हिन्दु धर्म अनुसार नै अन्तिम संस्कार गरेका छन् । क्रिश्चियन पादरी युवराज घिमिरेले आफ्नो बाबुको हिन्दु धर्म अनुसार दाहसंस्कार गरिरहेका हुन् ।

पुख्र्यौली घर ताप्लेजुङ र हाल काठमाडौँमा छोरासँग बस्दै आएका ९० वर्षका देवीप्रसाद घिमिरेको ११ दिनअघि निधन भएको थियो । देवीप्रसादका जेठा छोरा हिन्दू धर्मावलम्बी हुन् भने कान्छा छोरा युवराज घिमिरे क्रिस्चियन धर्मावलम्बी हुन् । निधनपछि उनको पार्थिव शरीर पशुपति आर्यघाट लगेर हिन्दू रीतिअनुसार अन्त्येष्टि गरिएको हो । दिवङ्गत भएका देवीप्रसादले पनि १ वर्षअघि क्रिस्चियन धर्म अँगालेका थिए ।

बुबाको निधन भइसकेपछि युवराज काठमाडौँ बौद्धमा रहेको घरमा शोक मनाइरहेका छन् भने उनका दाइले झापामा काजक्रिया गरिरहेका छन् । तर फरक फरक धर्मलाई विश्वास गर्ने एउटै परिवारका दुई दाजुभाइले बुबाको काजक्रिया गर्ने शैली केही कुरामा उस्तै–उस्तै तर भिन्न रहेको छ ।

दुवै दाजुभाइले केस मुण्डन गरेका छन्, सेतो कपडा लगाएका छन्, आफूले मात्र बनाएको १ छाक खाएका छन् र १३ दिने मृत्युसंस्कारलाई अँगालेका छन् । तर क्रिस्चियन धर्म अँगालेका कान्छा छोरा युवराजले १३ दिनसम्म शोक मनाए पनि बाइबल पढेर बसेका छन् भने झापामा उनका दाइले हिन्दू धर्मअनुसार १३ दिने काजक्रिया गरिहेका छन् ।

Logo