सगरमाथाको बेस क्याम्पमा ४ वटा शव भेटियो

सगरमाथाको बेस क्याम्पमा ४ वटा शव भेटियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा सफाई अभियानका क्रममा ४ वटा शव भेटिएको छ । सगरमाथा सफाई अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाईका क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी दिएको हो ।

बेसक्याम्प पुगेका सगरमाथा सफाई अभियानमा जुटेको टोलीले सफाईको क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । बैशाख १ गतेबाट सुरु गरिएको सो सफाई अभियान हाल सगरमाथाको बेस क्याम्पमा पुगेको छ ।

नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले गत बैशाख १ गतेबाट सगरमाथा सफाई अभियान सुरु गरेको हो ।

अभियान अन्तरगत हालसम्म ३ हजार केजी फोहोर संकलन गरिएको र त्यसमध्ये करिव १ हजार केजी फोहोर हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

अभियानले ४५ दिन भित्र सगरमाथाको फोहोर संकलन गरी सक्ने लक्ष्यका साथ कामलाई अघि बढाएको छ । सफाई अभियानमा १२ जना जनशक्ति परिचालन गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि करिब २ करोड ३२ लाख १६ हजार लाग्ने अनुमान गरिएको छ ।

Logo