डिजाइनर सिक्रेटः घरको लुक्स यसरी बदल्नुहोस्

डिजाइनर सिक्रेटः घरको लुक्स यसरी बदल्नुहोस्

केन्द्रबिन्दु
0
Shares

तपाईले नयाँ घर बनाउनुभएको छ वा पुरानो घर पुननिर्माण गर्नभएको छ । वा बर्षाै देखि पुरानै घरमा बसिरहनुभएको छ ? यि कुराले खासै अर्थ राख्दैन् । घर, जहाँ हामी धेरै समय बिताउँछौ । जसले हामीलाई खुशी दिन्छ, उत्साह दिन्छ, नयाँ काम गर्ने उर्जा दिन्छ, हाम्रो मुड फ्रेस बनाइदिन्छ ।

जब हामी दिनभरीको कामको थकान घरमा गएर बिसाउँछौ । सबै कुरा बिर्सन्छौ । घर पुग्ने विक्तिकै मन आनन्दित हुन्छ । प्रफुल्लित हुन्छ । हामीलाई यति धेरै खुशि दिने घरको लागि हामीले पनि धेरै मिहेनत गरेका हुन्छौ । घरलाई घर जस्तो बनाउन धेरै समय खर्चेका हुन्छौ । त्यसैले त घर सिर्फ घरमात्र नभएर स्वर्ग बन्छ ।

सानो भन्दा सानो कुरामा नयाँपन ल्याउन सके वा नयाँ प्रयोग गर्न सके घरको सुन्दरता बढाउन सकिन्छ । घरलाई नयाँ लुक दिनु पनि एक नियमित प्रक्रिया नै हो । रचनात्मक तरिकाको प्रयोग गरेर तपाई घरलाई सुन्दर बनाउन सक्नुहुन्छ । त्यसको लागि आफ्नो घर र कोठाको स्वरुपको बारेमा बुझ्नु जरुरी हुन्छ । जसले गर्दा तपाईको कोठाको स्वरुप बदलेर घरको सुन्दरता बढाउन सक्नुहुनेछ ।

–घरको सजावट एक उद्देश्यको साथ सजाउनु जरुरी हुन्छ , mनिर्चर एडजस्ट गर्नको लागि मात्र होइन । प्रायजसो हामी एकै ठाउँमा सबै सामान राख्छौ जसले घरको सुन्दरता फिक्का पर्छ । त्यसकारण सामान सजाउँदा यस्तो ठाउँ रोज्नुहोस जसबाट त्यो सामान त्यँहा फिट पनि होस र त्यँहाको सुन्दरता पनि बढाओस् ।

–सुन्दरता र जरुरत जहिले पनि साथ साथ चल्छ । जब हामी फर्निचरको प्रयोग गर्छौ जसमा हामी आराम महसुस गर्छौ । यस्तो स्थितिमा हामी कम्परमाइज गर्दैनौ । कहिलेकाहि आवश्यकता ठानेर हामी सामन किन्छौं र त्यो सामान हाम्रो सजावटमा बदलिन्छ र घरको सुन्दरतामा थप निखार ल्याउँन मद्दत गर्छ ।

–बालकोनी वा घरको प्रवेशद्धारमा स्वागत गरिएको जस्तो देखाउनको लागि वालहेङ्गिङ आर्टवर्क वा आफैंले बनाएको कलाकृती पनि सजाउनको लागि प्रयोग गर्न सकिन्छ ।

–ऐनाको उपयोग केवल अनुहार हेर्नको लागि मात्र गर्न सकिदैन् । सजावटको लागि पनि गर्न सकिन्छ । ‘फिल गुड्स मुमेन्टस्’ ऐनासँग आफैं बन्छ । बेडरुममा, बालकोनीमा, सिँडीमा वा लिभिङ रुममा ऐना वा सिसाबाट बनेको वालआर्ट राखेमा त्यहाँ गहिरो भावना सृजना हुन्छ ।

–हामी किचन र डाइनिङ रुमको एकै ठाँउमा किन बनउँदैनौ । अहिलेको समयमा स्पेस सेभिङ धेरै महत्वपुर्ण बनेको छ । यसको लागि ओपन किचेनको अप्सन धेरै राम्रो हुन सक्छ । जसमा डाइनिङ रुम किचनमै हुन्छ । किचनमै ब्रेक फास्ट काउन्टर बनाउनु भनेको पश्चिमा देशको चलन हो । किन हामीले पनि यस्तो डिजाइन नअपनाउने त ?

–घरको अलग पहिचान दिनको लागि पुरै कोठामा पेन्ट गर्नु जरुरी हुँदैन् । भित्तामा सानो तर सुन्दर आर्टवर्कले पनि तपाईको मुड बदल्न सक्नुहुन्छ ।

–आनन्द केवल महसुस मात्र गर्न सकिदैन्, सुन्न पनि सकिन्छ । वाटर वाल, विन्ड चाइम जस्ता इलिमेन्ट्सले तपाईको घरमा आनन्द र शान्त वातावरण बनाउन सक्नुहुनेछ ।

– रोब हुक्सले घरको स्पेस धेरै बनाउन वा देखाउनको लागि अहम भुमिका खेल्छ । त्यसलाई नोटिस नहुने ठाउँहरुमा राख्न सकिन्छ । ढोकाको पछाडिको भागमा, वार्डरोवको साइडमा राख्न सकिन्छ ।

–किचनको ३ वटा एकदमै जरुरी चिज भनेको ग्याँस, सिंक र फ्रिज हो । होब पकाउनको लागि, सिंक सफाइको लागि र फ्रिज स्टोरेज गर्नको लागि । यि तीनै चिजले किचनको स्पेस सेभिङमा मद्दत गर्छ । यदि यि तीन चिज परफेक्ट ठाउँमा राखियो भने किचनको सामानहरु पनि व्यवस्थित हुन्छ । र किचनमा काम गर्न पनि सजिलो हुन्छ ।

–व्यक्तिगत स्पेस जस्तो बच्चाको रिडिङ रुम, घरमा बनाएको अफिसको काम गर्ने रुमको पनि थप सुन्दर बनाउन सकिन्छ । कुनै प्लान्ट लगाएर वा पेन्ट गरेर वा कुनै सजावटको सामान राखेर सुन्दर बनाउन सकिन्छ । किनभने यि ठाउँमा धेरेले ध्यान नदिने गरेका छन् ।

– घरमा टिभी पनि सहि ठाउँमा राख्नु महत्वपुर्ण हुन्छ । टिभी राख्ने ठाउँ राम्रो वा राख्दा राम्रो देखिने ठाउँमा राख्नु उचित हुँदैन् । टिभी हेर्दा आरामदायक हुने ठाउँमा राख्नु उपयुक्त हुन्छ । आँखाको लेभल र टिभीको सेन्टर बराबरको दूरीमा हुनुपर्छ ।

–फल्स सिलिङ बनाउने समय सदैव भेन्टिलेसन एयरहोल्सलाई ध्यान दिनुपर्छ । फल्स सिलिङ राख्दा भेन्टिलेसन बन्द भएमा कोठा गुम्म हुने, गर्मी बढ्ने हावा ओहोरदोहोर नहुने भएकोले कोठोको सुन्दरता नै गायब हुन्छ ।

Logo