भारतीय काठ तस्करको समूहबाट २ नेपाली कुटिए

भारतीय काठ तस्करको समूहबाट २ नेपाली कुटिए

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा भारतीय नागरिकको एक समुहले नेपालीमाथि कुटपिट गरेको छ । शुक्रबार राति बेलौरी नगरपालिका–१० भुडा सीमा क्षेत्रको भुडा गाउँमा भारतीय नागरिकको समुहले नेपालीमाथि कुटपिट गरेको हो । उनीहरुको कुटाईबाट स्थानीय तारा चन्द, हरिस थापा घाइते भएका छन् । नेपाली बस्तीमै आएर भारतीयहरुले कुटपिट गरेका हुन् ।

भारतीय नागरिक मेसु सिह, शेर सिह, होसियार सिहको समुहले भुडाका स्थानीय तारा चन्द २१, हसिश थापामाथी कुटपिट गर्नुका साथै गाउँमा फायरिङ गरेको स्थानीयले बताएका छन् । भारतीय काठ तस्करका रुपमा परिचित उक्त समुहले सशस्त्र प्रहरी बलले कुटपिट गरेको रिसमा स्थानीयमाथि आक्रमण गरेको हो ।

घाईते ताराका बाबु राजु चन्दले एक्कासी ठुलो हुलहुज्जतमा नेपाली बस्ती छिरेका भारतीयले आफ्नो छोरा र छिमेकीको छोरा हरिसलाई आक्रममण गर्नुका साथै एक राउड फायर गरेको बताए । उनका अनुसार ताराको टाउकोमा र हरिसको पिट्ठुमा चोट लागेको छ । स्थानीय अस्पतालमा उपचारपछि तारा घरमै छन् ।

सीमावर्ती गाउँमा अर्का स्थानीय गणेश थापाले काठ तस्करीमा कुरा नमिलेपछि नेपालीमाथी जाई लागेको बताए । उनका अनुसार भारतीय काठ तस्करले बेलाबेलामा सीमा बस्तीमा ज्यादती गर्न गर्दै आएका छन् । खुला सीमा नाका भएका कारण बेलाबेलामा भारतीय पक्षबाट आक्र्रमण कुटपिटका घटना अझै नरोकिएको उनले बताए । घटनाको मुख्य कारण काठ तस्कर, सिमाका काठ उद्योग रहेको स्थानीयको भनाई छ । नेपालका तर्फबाट तस्करमा संलग्न रहेका काठ उद्योगीहरुले त्यसको जिम्मा लिनुपर्ने स्थानीयले बताए । यिनका कारण मुख्य घटना घट्ने गरेको सबैलाई थाहाँ भएको

शसस्त्र र प्रहरी घटना स्थल पुगेपछि भारतीय भागेका थिए । सशस्त्र प्रहरी बल बिओपी बेलौरीका प्रमुख माधव जोशीले भारतीयले नेपाली नागरिकमाथी कुटपिट गरेको खबर पाउँनासाथ घटनास्थल गएको र त्यहाँ पुग्दा उनीहरु भागेको बताए ।

नेपाली नागरिक चन्दले कुटपिट गर्ने भारतीय माथी कार्बाहीको माग अघि सारेर भुडा स्थानीय प्रहरी चौकीमा निवेदन दिएका छन् । भने भारतीयले समेत आफ्नो कम्बोजनगर स्थानीय प्रहरी चौकीमा निवेदन दिएका छन् । घटनालाई सुल्झाउन दुवै देशका स्थानीय र प्रहरी अधिकारीले समन्वय गरिरहेका छन् । बेलौरी नगरपालिका १० का वडाध्यक्ष हरिलाल चौधरीले घटना साम्य पार्नका लागि पहल भईरहेको बताए ।

Logo