ओझेल परेको एउटा घटनाः पेट्रोल छर्केर आगो ! उपचारको क्रममा मृत्यु (भिडियोमा)

ओझेल परेको एउटा घटनाः पेट्रोल छर्केर आगो ! उपचारको क्रममा मृत्यु (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पेट्रोल छर्किएर आगो लगाउँदा एकैदिन दुई महिलाले ज्यान गुमाउन पुगे । एउटा सिरहा कल्याणपुर ८ कि कञ्चन मण्डल खत्बेले शुक्रबार साँझ उपचारको क्रममा काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा ज्यान गुमाईन् । त्यस्तै काठमाडौंकै कीर्तिपूरमा रहेको कीर्तिपूर अस्पतालमा पनि मोरङकी २१ वर्षीया इशा राईले पनि ज्यान गुमाईन् ।

कञ्चनको घटनाबारे र्चातर्फी जानकारी आएपनि इशाको घटना भने कसैको जानकारीमा रहेन् । किनकी उनले आफैंले पेट्रोल छर्किएर आगो लगाईन् भनियो । तर उनको परिवारले भने विराटनगर १६ का रेम्बो लामा र उनको परिवारले पेट्रोल छर्किएर मारेको दाबी गर्दै आएका छन् ।

जिउँदै आगो लगाईएकी अर्की महिलाको पनि मृत्यु

गत बैशाख ८ गते विराटनगर महानगरपालिका–१६ स्थित स्थानीय रेम्बो लामाको घरमा उनी जलिन् । उनी जल्दा त्यहाँ कसैले पनि मानवीयता देखाउन सकेनन् । उनको उद्दार गर्नुको साटो सबैजना फोटो खिच्न र भिडियो बनाउनमा लागे ।

जसका कारण इशाको शरिरको ७० प्रतिशतभन्दा बढी भाग जलेको थियो । उनलाई धरान हुँदै काठमाडौं रेफर गरिएको थियो । उपचारको क्रममा शुक्रबार राति करिब ८ बजेतिर उनले पनि यो धर्ती छोडेर गईन् । मोरङ प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ ।

Logo