विष्णु पौडेलले बालुवाटारमा किनेको जग्गा जफत नहुने

विष्णु पौडेलले बालुवाटारमा किनेको जग्गा जफत नहुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलले किनेको बालुवाटारको जग्गा जफत नहुने भएको छ । महासचिव पौडेलले ललितानिवासमा किनेको ८ आना जग्गा सरकारले जफत नगर्ने भएको हो ।

भूमिसुधारमन्त्री पद्मा अर्यालले उक्त जग्गा मोही कायम भएको जग्गा भएकाले सरकारले जफत नगर्ने बताईन् । ललितानिवासमा भूमाफियाहरुले व्यक्तिको नाममा लगेको साढे ४ सय कित्ता किटान गरेर रोक्का गरिएको तर, पौडेलका छोरा नविनको नाममा किनेको जग्गा मोही कायम भएको जग्गा भएकाले सरकारले जफत नगर्ने बताईन् ।

प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवास विस्तार गर्दा व्यक्तिको जग्गा लिएर ललितानिवासमा सट्टा दिएको र त्यसमध्ये केही राजकुलो, बाटो भएको पाइएको मन्त्री अर्यालले बताइन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले विष्णु पौडेलले किनेको जग्गा मोही कायम भएको भन्दै यो वैधानिक भएको बताईन् ।

‘जहाँसम्म विष्णु पौडेलले जुन जग्गा किन्नु भएको छ, त्यो मोही कायम भएको जग्गा हो । यो बैधानिक छ ।’ मोही कामय भएको जग्गा व्यक्तिमा हस्तान्तरण हुँदै छैटौं मान्छेका रुपमा नविनको नाममा हस्तान्तरण भएको पाइएको छ’ उनले भनिन् । सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा व्यक्तिको नाममा गइसकेको भएपनि त्यो सरकारकै हुने उनले बताइन् ।

Logo