खुल्लामञ्चको सटरहरुमा यसरी चल्यो डोजर (फोटोफिचर)

खुल्लामञ्चको सटरहरुमा यसरी चल्यो डोजर (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अन्ततः खुल्लामञ्चमा बनाइएको सटरहरु भत्काईएको छ । जनस्तरबाट चर्काे विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिवार उक्त सटरहरुमा डोजर चलाएको हो । महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाको नेतृत्वमा गएको नगरप्रहरी सहितको टोलीले सटरमा डोजर लगाएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले गत चैत्र २४ गते नै उपमेयर हरिप्रभा खड्गीलाई अनुगमन गरि प्रतिवेदन तयार पार्ने जिमा दिएका थिए । तर प्रतिवेदन नदिएको आरोप उपमेयरमाथि लगाए ।

उनले प्रतिवेदन नदिएपछि अब अवैध सटरहरुमाथि डोजर लगाउने बताएका थिए । मेयर शाक्यले उक्त चेतावनी दिएको भोलिपल्ट नै डोजर लगाईएको हो । डोजर लगाउँदा कुनै किसिमको अवरोध नभएको नगर प्रहरीले जनाएको छ ।

खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएका थिए । काठमाडौं महानगरपालिकाले डोजर चलाइरहँदा कुनै पनि अवरोधको सामना गर्नुपरेन । डोजर लगाउँदा खुल्लामञ्च वरिपरि प्रहरी परिचालन गरेर सर्वसाधारणलाई भित्र जान दिइएको थिएन । तर, पसलवालाहरु र पत्रकारलाई भने प्रवेश दिइएको थियो ।

Logo