जिउँदै आगो लगाईएकी अर्की महिलाको पनि मृत्यु

जिउँदै आगो लगाईएकी अर्की महिलाको पनि मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मट्टितेल छर्केर जिउँदै जलाईएकी अर्की महिलाको पनि मृत्यु भएको छ । मोरङ विराटनगरपालिका १६ की २१ वर्षीया इशा राईको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । गत बैशाख ८ गते विराटनगरपालिका–१६ मा इशामाथि मट्टितेल छर्किएर आगो लगाईएको थियो ।

स्थानीय रेम्बो लामाको घरमा गएकी इशामाथि एकाएक आगजानी गरिएको थियो । आगजानीबाट उनको शरिरको ७० प्रतिशत भन्दा बढी भाग जलेको थियो । घर रेम्बोको घर परिवारले भने इशा आफैले आगो लगाएको दाबी गर्दै आएका छन् । इशाकी आमा रत्न योगीले भने छोरीमाथि रेम्बोको परिवारले आगो लगाएर मारेको दाबी गरिन् ।

मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले घटनाको अनुसन्धान भईरहेको बताए । घटनामा दुवै पक्षले आ-आफ्नै दाबी गरिरहेको भन्दै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताए ।

यसअघि शुक्रबार साझ सिरहा कल्याणपुर ८ की कञ्चन मण्डल खत्बेको पनि मृत्यु भएको थियो । काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

Logo