काभ्रेको मण्डनदेउपूरमा एकमहिलाको घरभित्रै शंकास्पद मृत्यु, श्रीमान् फरार

काभ्रेको मण्डनदेउपूरमा एकमहिलाको घरभित्रै शंकास्पद मृत्यु, श्रीमान् फरार

केन्द्रबिन्दु
0
Shares

काभ्रे

काभ्रेको मण्डनदेउपुर–६ सिपाघाटकी २५ वर्षीया महिला सरिता दुलालको घरभित्रै शंकास्पद मृत्यु भएको छ ।

सरिताको बिहीबार राति ‘शंकास्पद’ मृत्यु भएको हो । शुक्रबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले शंका लागि प्रहरीलाई खबर गरेका थिए । घरभित्र उत्तानो अवस्थामा मृत भेटिएकी सरिताको शरीरभरी निलडाम भएको प्रहरीले जनाएको छ।

स्थानीयले घरपरिवारबाटै उनको हत्या भएको आशंका गरेका छन् । सरिताका श्रीमान् सुदिप दुलाल फरार छन् । प्रहरीले मृतकका ससुरा पिताम्बर दुलाल, सासु गंगा दुलाल, जेठाजु केशव दुलाल र जेठानी संगिता दुलाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । घटनाबारे थप विवरण आउन सकेको छैन ।

पछिल्ला दिनहरुमा मण्डनदेउपूरमा आत्महत्या, हत्या र बलात्कार जस्ता अपराधहरु वढ्न थालेपछि स्थानियवासीहरु भने चिन्तित देखिएका छन् । बैशाख १ गते स्थानिय मण्डनभ्याली स्कूलकी शिक्षिका अञ्जना नेपालले आत्महत्या गरेको घटना सेलाउन नपाउँदै भएको अर्को घटनाले धेरै शंका उब्जाएको छ । एक महिना अघि पनि सिपाघाटमा एक १४ वर्षिया बालिका बलात्कृत भएकी थिइन् ।

Logo