भिडियो बनाएर सामूहिक बलात्कार, २ जना पक्राउ

भिडियो बनाएर सामूहिक बलात्कार, २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्ज । बाँकेमा १५ वर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छन् । बैजनाथ गाउँपालिकाको देउराली सामुदायिक वनमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

बलात्कार गरेको अभियोगमा प्रहरीले १८ वर्षका विरु वली र २६ वर्षका रामजी रोकायलाई पक्राउ गरेको छ । किशोरीले दुवैको नाममा किटानी जाहेरी दिएकी छन् । इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी रमेशबहादुर सिंहको टोलीले भाग्दै गरेको अवस्थामा दुवैलाई पक्राउ गरेको हो ।

बुधबार दिउँसो २ बजेतिर घरमा एक्लै रहेकी किशोरीलाई तानेर जंगलमा लगेका थिए । जंगलमा लगेपछि शुरुमा विरुले बलात्कार गरे । अलिकति टाढा बसेका रामजीले मोबाइलमा भिडियो बनाए । विरुले बलात्कार गरिसकेपछि रामजी घटनास्थलमा पुगे ।

किशोरीलाई ‘यौनकाण्ड’ को भिडियो बनाएकाले आफूलाई पनि यौन सम्पर्क गर्न नदिए बाहिर ल्याइदिने धम्की दिए । त्यसपछि रामजीले पनि बलात्कार गरे । बंगुर फारममा काम गर्ने दुवै जना त्यस दिन मदिरा पिएर गएका थिए । मदिराको सुरमा रहेका उनीहरुले घरमा एक्लै रहेकी किशोरीलाई देखेपछि बलात्कार गर्न जंगल लगेका हुन् ।

Logo