वैशाख २२ देखि एक महिनाको लागि धनगढीमा हवाई उडान बन्द

वैशाख २२ देखि एक महिनाको लागि धनगढीमा हवाई उडान बन्द

केन्द्रबिन्दु
0
Shares

धनगढी । धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ । विगत १४ वर्षदेखि स्तरोन्नति हुन नसकेको धावनमार्ग स्तरोन्नति गर्न बैशाख २२ गदेदेखि जेठ २१ गतेसम्म विमानस्थल बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए।

१० वर्षमा धावन मार्गको स्तरोन्नति गर्नुपर्ने भएपनि विगत १४ वर्षदेखि धावनमार्गको स्तरोन्नती गरिएको छैन । झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग, पार्किङ क्षेत्र विस्तार लगायतको कार्य हुनेछ ।

धनगढीमा बसेको सरोकारवालाको बैठकले विमानस्थलको स्तरोन्नतति गर्नुपर्ने भएकाले एक महिना विमानस्थलमा हुने उडान बन्द गर्ने निर्णय गरेको हो। बैठकले नेपाल नागरिक उड्यान प्राधिकरणको प्रधान कार्यालयलाई विमानस्थल बन्द हुने सूचना प्रकाशन गर्न आग्रह गर्ने निर्णय गरेको छ।

६० मिटर चौडाई र १८ सय मिटर लम्बाईको कालोपत्रे धावनमार्ग रहेको धनगढी विमानस्थलको धावन मार्गमा थप कालोपत्रे गरिने छ भने दुबैतर्फ २ र २ मिटर धावन मार्ग फराकिलो बनाइने छ।

अहिले ३ वटा जहाज पार्किङको व्यवस्था छ । अब थप एक जहाज पार्किङ गर्न मिल्ने गरी पार्किङ क्षेत्र विस्तार, दमकलको सुविधा थप, एप्रोच लाइट र अन्य लाइटहरु थप, सञ्चार उपकरण वृद्धि लगायतका सेवा थप र विस्तार हुनेछ । अहिले धनगढी काठमाडौँ ५ वटा जहाजले उडान भर्ने गरेका छन्।

Logo