रिना बस्नेको बलात्कारपछि हत्या नभएको पोष्टमार्टम रिपोर्टले देखायो

रिना बस्नेको बलात्कारपछि हत्या नभएको पोष्टमार्टम रिपोर्टले देखायो

केन्द्रबिन्दु
0
Shares

मोरङ । गत शनिबार बिहान मोरङको पथरीशनिश्चरे १ मा नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेत (रुपा) को बलात्कारपछि हत्या नभएको पोस्टमार्टम प्रतिवेदनले देखाएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट रिनाको पोस्टमार्टमको प्रारम्भिक प्रतिवेदनमा बलात्कार नभएको उल्लेख भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपि मनोज केसीले पोष्टमार्टम रिर्पोटले घरमाथिबाट झरेको आशंकालाई बल पुगेको जानकारी दिए ।

यद्यपी फरेन्सिक जाँचका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको एसपी केसीको भनाई छ । मदिरा सेवन गरे नगरेको विषय फरेन्सिक रिपोर्ट आएपछि थाहा हुने उनको भनाई छ ।

उनका प्रेमी भनिएका कमल नेपाललाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक बयानमा कमलले रिनासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् । पथरीमा व्यवसाय गर्दै आएका नेपालको पोलिग्राफ टेष्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।रिनाको मृत्युलाई लिएर स्थानीयले प्रदर्शन गर्दा दुई दिन पथरीमा तनाब भएको थियो ।

Logo