ललितपुरमा श्रीमती र पाल्पामा श्रीमानको हत्या

ललितपुरमा श्रीमती र पाल्पामा श्रीमानको हत्या

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ललितपुर र पाल्पामा श्रीमान श्रीमतीको हत्या गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका(१ बिशंखुनारायणको इँटा भट्टामा काम गर्ने ४२ वर्षीया जयबहादुर वाइवाले श्रीमतीको हत्या गरेका हुन् । खुर्पा प्रहार गर्दै ४१ वर्षीया श्रीमती सुनमाया वाइवाको टाउको छिनालेर भाग्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

घर छेउको खोल्सामा भाग्दै गरेको अवस्थामा वाइवालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रले जानकारी दिए । जेठी श्रीमती पोइल गएपछि वाइवाले कान्छी श्रीमती सुनामायालाई भित्र्याएका थिए । उनीहरूका ५ र २ वर्षका दुई छोरी छन् । श्रीमतीसँग मनमुटाव भएपछि रिस थाम्न नसकेर श्रीमतीको हत्या गरेको उनले बयान दिएका छन् ।

उता पाल्पामा भने श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान लोकबहादुर कुमालको हत्या गरेकी हुन् ।

श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा पुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई ससुराली आएका बेला श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको ज्यान गएको हो ।

Logo