मोरङमा प्रहरीद्वारा हवाई फायर, १ जना घाइते

मोरङमा प्रहरीद्वारा हवाई फायर, १ जना घाइते

केन्द्रबिन्दु
0
Shares

मोरङ । मोरङमा प्रहरीले हवाई फायर गरेको छ । ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको स्थानीयलाई तितरवितर पार्न प्रहरीले मंगलबार मध्यान्ह २ राउण्ड हवाई फायर गरेको हो । हवाई फायर गरेपछि भाग्ने क्रममा एकजना घाईते भएका छन ।

नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यालय अघि रिना बस्नेतको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा पथरी १ का जितबहादुर लावती घाईते भएका छन । उनले पछाडिबाट प्रहरीले ढुंगाले हानेको स्थानीयको आरोप छ । उनको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । उनको टाउकोमा ३ वटा टाँका लगाईएको छ ।

शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानीय आन्दोलित भएका छन् । बजारसहित पुर्बपश्चिम राजमार्ग बन्द गरेर स्थानीय आन्दोलित बनेपछि प्रहरीले ज्यादती गरेको भन्दै नगरपालिका तोडफोड गरेका छन ।

Logo