रिनाको मृत्यु प्रकरणः प्रेमी कमल नेपाल पक्राउ, श्रीमान नेपाल आईपुगे

रिनाको मृत्यु प्रकरणः प्रेमी कमल नेपाल पक्राउ, श्रीमान नेपाल आईपुगे

केन्द्रबिन्दु
0
Shares

मोरङ । आफ्नै डेरा अगाडि मृत अवस्था फेला परेकी रिना बस्नेत प्रकरणले नयाँ रुप लिएको छ । पथरीको शनिश्चरे १ मा गत शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिनाको हत्या गरिएको आशंका गर्दै प्रहरीले उनका प्रेमीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनका प्रेमी भनिएका कमल नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विदेशमा रहेका रिनाका श्रीमान पनि नेपाल फर्किएका छन् । घटनापछि रिनाका श्रीमान सन्तोष बस्नेत पथरी आएका हुन् । मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन सम्वाद गर्ने र भेट्ने ब्यत्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आईरहेको बताएपछि घटना थप रहस्यमय बनेको थियो ।

घटनामा नाम मुछिएका ब्यत्तिलाई अनुसन्धानका लागी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पथरीमा ब्यबसाय गर्दै आएका ति ब्यत्ति मोरङको सुन्दरहरैचाका बासिन्दा हुन् । उनको हत्या भएको भन्दै स्थानीयले पथरीमा आन्दोलन गरिरहेका छन् । गत शनिवार बिहान आफ्नै डेरा अगाडि मृत अवस्थामा फेला परेकी रिना त्यो राति कन्सर्टमा गएकी थिईन् ।

नग्न अवस्था मृत भेटिएकी रिना किन थिईन् दिनभर तनावमा ?

Logo