तारा एयरको जहाज सम्पर्कविहीन भन्ने गलत खबर फैलिएपछि…

तारा एयरको जहाज सम्पर्कविहीन भन्ने गलत खबर फैलिएपछि…

केन्द्रबिन्दु
364
Shares

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने भ्रमपुर्ण समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फैलिएपछि यसले ठूलै हलचल मच्चायो । सोमबार दिउँसो एकाएक तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा तरङ्गित बन्न पुगेको हो ।

तर, तारा एयरको कुनै जहाज हराएको थिएन । तारा एअर प्रा. लि विज्ञप्ति जारी गर्दै गलत मनशायको व्यक्तिले बदनियतपूर्वक सामाजिक संजालमा गलत अखबर फैलाएको बताएको छ । उक्त खबर फैलिएको बेला तारा एयरसँग भएका तीन वटा जहाज मध्ये दुई वटा जहाज काठमाडौँमै र अर्को नेपालगन्ज विमानस्थलमा पार्किङमा रहेको कम्पनीले बताएको छ ।

‘सोमबार केही अनलाईन पत्रिका तथा गलत मनशायको व्यक्तिले बदनियतपूर्वक सामाजिक संजालमा ‘तारा एअरको पोखराबाट जोमसोमको लागि उडेको जहाज सर्म्पर्क बिहिन’ भनि गलत समाचार तथा पोष्टहरु गरिएको पाईएकोले उक्त गलत र भ्रमपूर्ण समाचार सत्य नभएको,’ विज्ञप्तिमा उल्लेख गरेको छ । कम्पनीले यस्ता गलत र भ्रमपूर्ण समाचार पछि नलाग्न समेत आग्रह गरेको छ ।

तारा एयरको कुनै पनि जहाज नहराएको जानकारी दिँदै तारा एयरले गलत समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक संजालमा राख्ने विरुद्ध कानूनी कार्वाही अगाडी बढाउने समेत माग राखेको छ ।

Logo