केन्द्रबिन्दु डटकमले आर्थिक अभावले उपचारमा समस्या भएको समाचार प्रकाशन गरेपछि सहयोग जुट्न थालेको हो। "/>

केन्द्रबिन्दु समाचार प्रभाव: श्वासनली बिरामीलाई सहयोग

केन्द्रबिन्दु समाचार प्रभाव: श्वासनली बिरामीलाई सहयोग

केन्द्रबिन्दु
0
Shares

काभ्रेको मण्डनदेउपुर–११ स्थित जैशिथोकका श्वासनलीका बिरामी श्याम श्रेष्ठको उपचारका लागि सहयोग जुट्न थालेको छ। केन्द्रबिन्दु डटकमले आर्थिक अभावले उपचारमा समस्या भएको समाचार प्रकाशन गरेपछि सहयोग जुट्न थालेको हो।

ललितपुरको गोदावरीमा रहेको शुभम मण्टेश्वरी स्कुलले उनलाई १२ हजार ४० रुपैयाँ सहयोग संकलन गरि पठाएको छ । शिक्षिका अन्जना महर्जनको पहलमा सो रकम संकलन भएको हो । श्यामको उपचारका लागि अहिले सम्म २५ लाख जति खर्च भइसकेको छ । आर्थिक अभावले उनको थप उपचार हुन नसक्दा अहिले उनको स्वास्थ्य अवस्था ज्यादै नै जटिल बनेको छ । अब २५ लाख भन्दा वढी खर्च लाग्ने अस्पतालले जनाएको छ ।

हाल उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । सहयोग गर्न चाहनु हुनेहरुले श्यामका बाबु गोविन्दको मोबाइल नं. ९८१८१३३९२७, ९८४१७५८४५५ मा सम्पर्क गर्न वा कोपिला अवालेको नाममा प्रभु विकास बैंकमा भएको खाता नं ०२१०१६०००२६००७०००००१ मा सहयोग जम्मा गर्न सकिनेछ ।

Logo