गोबर चेक गर्दा गर्दै हाकिम सा’पको टाउँको दुख्यो, कार्यालयमै निदाए

गोबर चेक गर्दा गर्दै हाकिम सा’पको टाउँको दुख्यो, कार्यालयमै निदाए

केन्द्रबिन्दु
0
Shares

मोरङ । मोरङको उर्लाबारी नगरपालिकास्थित पशुपन्छि शाखाका प्रमुख पशु विकास अधिकृत श्यामानन्द यादव कार्यालय समयमा मस्त निदाएको भेटिए । आईतबार दिउँसो दिउँसो पत्रकार हरि कोईराला रिपोर्टिङकाृ लागि कार्यालयमा पुग्दा प्रमुख यादव मस्त निदाईरहेका थिए ।

निक्कै बेरसम्म हेर्दा पनि नउठेपछि पत्रकार कोईरालाले तस्बिर खिचे । प्रमुख यादवले तस्बिर खिचेको भेउसम्म पाएनन् । जनताको सेवामा खटिने प्रमुख यसरी निदाएपछि कार्यालयको स्थिति के होला ? कार्यालय समयमा यसरी कुर्सीमा सुत्न मिल्छ ? भनेर प्रश्न गर्दा उनले कामको चापले ‘भुसुक्कै निदाए छुु’ भन्ने जवाफ दिएका थिए ।

आइतबार गोबर परीक्षण गर्ने सेवाग्राहीको चाप बढी थियो । गोबर परीक्षण गर्दा टाउको दुखेपछि आफ्नो चेम्बरमा रेष्ट गर्दा पुगेका मान्छेले आफ्नो फोटो खिचिदिएको यादवको भनाई छ । ‘यहाँ धेरै सेवाग्राही आउनुहुदो रहेछ । हेर्दा हेर्दै टाउको दुखेर रेष्ट गर्दा यस्तो भयो ।’ उनले भने ।

कार्यकक्ष सुत्ने ठाउँ नभएको बताउँदै उनले माइक्रोस्कोपमा पटक-पटक गोबर टेष्ट गर्दा टाउको दुखेपछि साथीलाई हेर्न लगाएर रेष्ट गरेको बताए ।

Logo