नग्न अवस्था मृत भेटिएकी रिना किन थिईन् दिनभर तनावमा ?

नग्न अवस्था मृत भेटिएकी रिना किन थिईन् दिनभर तनावमा ?

केन्द्रबिन्दु
0
Shares

मोरङ । मोरङको पथरीशनिश्चरे १ की २९ बर्षिया रिना बस्नेत शनिवार बिहान एकाएक आफ्नै डेरा अगाडि मृत अवस्थामा फेला परेकी छन् । नग्न अवस्थामा घोप्टो परेको अवस्थामा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शुक्रबार राति पथरीमा आयोजित कन्र्सटमा गएकी थिईन् । आफ्नो १४ वर्षीया छोरासँगै कन्सर्टबाट फर्किएकी उनले अत्यधिक मदिरा सेवन गरेकी थिईन् ।

राति छोरासँगै सुत्न भन्दै कोठामा गएकी उनी एकाएक शनिवार बिहान डेरा अगाडिनै मृत फेला परेपछि सबैलाई चकित पारेको छ । प्रहरीले यो घटनालाई दुई तरिकाले अनुसन्धान गरिरहेको छ । एउटा अत्यधिक मदिरा सेवन गर्दा लडेर मृत्यु भएको । अर्को हो कसैले हत्या गरेको । मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले प्रहरीले यी दुई विषयलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

स्थानीयले भने उनी नग्न अवस्थामा मृत फेला परेका कारण बलात्कारपछि हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । उनीहरुले घटनाबारे गहन अनुसनधानको माग गरेका छन् । स्थानीयले शव समेत उठाउन मानेका छैनन् । छोरासँगै बस्दै आएकी रिनाका श्रीमान वैदेशिक रोजगारीमा छन् । उनका सबै कपडा डेरामा नै छन् । भित्री बस्त्र पनि नलगाएको अवस्थामा उनको शव फेला परेको हो ।

उनी शुक्रबार दिनभर किन थिईन् तनावमा ?
शुक्रबार दिनभर उनी निकै तनावमा थिईन् । बेला बेला उनको मोवाईलमा फोन आईरहेको थियो । मृतकका छोराका अनुसार शुक्रबार दिउँसो आमा पुरै तनाबमा थिईन । उनको मोबाईलमा बारम्बार फोन आईरहेको थियो । उनी निक्कै हतास थिईन ।

दिउँसो एक आफन्तको जन्मदिनमा सहभागी भएर आएका आमा छोरा बेलुका कन्सर्टमा जाने तयारीमा भएपनि आमा पुरै तनावमा थिईन् । उनी आत्तिएको जस्तो देखिएकी थिईन् । छोराले आमालाई तनावबारे सोध्दा कुनै जवाफ दिएकी थिईनन् ।

आखिर उनको तनावको विषय के थियो ? त्यसबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । एसपी केसीले विभिन्न कोणबाट अनुसन्धान भईरहेको जानकारी दिए ।

नग्न अवस्थामा शनिबार बिहान मृत फेला परेकी बस्नेतको शव शनिबार बिहान प्रहरीले उठाउने कोशिष गरेपनि आफन्तले शव उठाउन दिएका छैनन । प्रहरीको चरम लापरबाहीका कारण यो घटना भएको भन्दै परिवार आक्रोशित बनेका छन । बस्नेतका आफन्त तेह्थुमबाट आईनपुगे सम्म शव नउठाउने परिवारले अडान लिएका छन् ।

केही महिना यता बारम्बार मोरङमा यस्ता घटनाहरु घट्दै आएका छन् । प्रहरीले शान्ति सुरक्षा कायम राख्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

डेरा अगाडि विभत्स अवस्थामा महिलाको शव फेला, भित्री बस्त्र कोठामै भेटियो

Logo