तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल [भिडियाेसहित]

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल [भिडियाेसहित]

केन्द्रबिन्दु
182
Shares

२०८१ असार ३० देखि साउन ५ सम्मको राशिफल ।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ ।

तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामिले दिएको उपाय गर्नु भयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –

मेष राशि

यो साता निकै राम्रो रहेको छ । तपाईंले आफ्नो अहंकारलाई नियन्त्रणमा राख्नुपर्छ, अन्यथा यसले तपाईंको करियरमा धेरै बाधाहरू खडा गर्नेछ। यो साता तपाईंले आफ्नो आम्दानी बढाउने धेरै नयाँ अवसरहरू प्राप्त गर्नुहुनेछ र तपाईंको सबै योजनाहरू पनि सफल हुनेछन् । जागिरमा हुनुहुन्छ भने जिम्मेवारी बढ्न सक्छ । यो साता तपाईको स्वास्थ्य राम्रो रहनेछ। यदि तपाईंको जीवनसाथीसँग कुनै विवाद चलिरहेको छ भने, त्यो पनि समाप्त हुनेछ।

छोराछोरीसँग बहस नगर्नुहोस् अन्यथा मतभेद हुन सक्छ। यदि तपाईं शेयर बजार वा वस्तु बजारमा लगानी गर्ने योजनामा ​​हुनुहुन्छ भने, यो तपाईंको लागि सही समय हो। यो साता तपाईंको राम्रो काम देखेर कार्यालय व्यवस्थापनले बढुवा, प्रोत्साहन राशि, पुरस्कार आदि प्रदान गर्न सक्नेछ । विद्यार्थीहरूले आफ्नो मेहनतको फल प्राप्त गर्नेछन्, छात्रवृत्ति वा आर्थिक सहयोग प्राप्त हुने सम्भावना छ।

उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुस् ।

वृष राशि

यो साता शुभ र काममा व्यस्त रहनुहुनेछ । तपाईंका शत्रुहरु नष्ट हुने छन् र आर्थिक लाभको सम्भावना छ । यो साता रोकिएका कामहरु पुरा हुनेछन् । धन आर्जनको नयाँ अवसर मिल्नेछ । दाम्पत्य जीवन सुखद रहनेछ ।।यो साता होटल, बैंक तथा कलात्मक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो करियरमा राम्रो अवसर प्राप्त गर्नेछन्।

यो साता रोजगारीमा संलग्न व्यक्तिले पैसा कमाउने सुनौलो अवसर प्राप्त गर्नेछन् भने अर्कातिर कम खर्चका कारण पैसा बचत हुने सम्भावना छ । व्यापारसम्बन्धी यात्राले यस समयमा लाभ प्रदान गर्नेछ । जागिर परिवर्तनको लागि सोच्नेहरूका लागि समय अनुकूल छ कमिशन ब्यापारमा लाभको सम्भावना छ। केही नकारात्मक समाचार प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा केही समस्या आउन सक्छ, तर चिन्ता लिनुपर्ने कुरा छैन।

उपाय- ॐ गम गणपताय नमः नियमित जप गर्नुस् ।

मिथुन राशि

यो साता निकै राम्रो रहनेछ । साताको सुरुमा कार्यस्थलमा निकै व्यस्त वातावरण रहनेछ तर अन्त्यमा धेरै कुरा मिल्नेछ । यो साता घरजग्गा व्यवसायीले निकै मिहिनेत गर्नुपर्नेछ । पैसा कमाउने धेरै अवसर मिल्नेछ र सबै काम समयमै सम्पन्न हुनेछन्। विपक्षीहरुले हानि पुरयाउने प्रयास गर्न सक्छन् तर असफल हुनेछन् । रोजगारी भएका व्यक्तिहरूले आफ्नो कार्यस्थलमा प्रगति हुनेछन्।

तपाईंले आफ्नो घरको भित्री डिजाइनमा केही परिवर्तन गर्नुहुनेछ । चाँदी वा सुनमा लगानी गर्दा भविष्यमा आर्थिक समस्याहरू हटाउन मद्दत मिल्नेछ । तपाईंका साथीहरूको समीक्षा गर्नुपर्ने हुन्छ किनकी कुनै दुष्ट व्यक्तिले साथीको रूपमा प्रस्तुत गरेर तपाईंको छविलाई कलंकित गर्न सक्छन् । शत्रुहरुबाट सजग रहनु पर्ने देखिन्छ, उनीहरुले तपाईका लागि समस्या सिर्जना गर्न सक्छन् ।

उपाय- ॐ गम गणपताय नम १०८ पटक नियमित जप गर्नुस् ।

कर्कट राशि

यो साता निकै शुभ रहनेछ । यो साता व्यावसायिक जीवनमा उतारचढाव आउन सक्छ तैपनि तपाईं खुशीको वातावरणमा रहनु हुने छ । यो साता उच्च पदस्थ अधिकारीहरू र अन्य व्यक्तिहरूबाट सहयोग प्राप्त हुनेछ । सबै मानिसहरूसँग नम्र व्यवहार गर्नुहोस्। केही बाधा व्यवधानको सामना गर्नु पर्ने हुनसक्छ यो समयमा चिनजानबाट लाभको अपेक्षा गर्न सकिन्छ ।

यस साता निर्धारित लक्ष्यहरू पूरा गर्नमा सफलताले समयसीमा अघि नै तपाईंलाई नयाँ रणनीतिहरू बनाउन पर्याप्त समय दिनेछ । लामो समयदेखि कतै अड्किएको व्यापारिक काम बन्ने छ । परिवारको कुनै सदस्य लामो रोगबाट निको हुनु हुनेछ । सेयर बजारमा लगानी गर्ने योजनामा ​​हुनुहुन्छ भने यो साता तपाईका लागि लाभदायक रहनेछ ।

उपाय- ॐ गम गणपताय नम १०८ पटक नियमित जप गर्नुस् ।

सिंह राशि

यो साता कामको दबाबबाट मुक्त हुनुहुनेछ । कार्यस्थलमा असन्तुष्टि रहनेछ। सावधान रहनुहोस्, व्यापारिक स्थानमा तपाईंको सामान चोरी हुन सक्छ । यदि तपाईं मार्केटिङ, अध्यापन आदि क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने यो साता तपाईंका लागि आर्थिक लाभको पूर्ण सम्भावना रहेको छ । यो साता विशेष सावधानी अपनाउनुपर्नेछ, कसैले धोका दिने प्रयास गर्नेछ । यदि तपाईं जागिरमा हुनुहुन्छ भने कार्यस्थलमा राम्रो काम गर्नुहुनेछ । यदि तपाईं व्यवसायी हुनुहुन्छ भने तपाईको कामले गति लिनेछ । यो साता व्यर्थका काममा विद्यार्थीको समय खेर जानेछ । दाम्पत्य जीवन मधुर रहनेछ। बाहिरी कामका कारण तपाईलाई निरन्तर दबाब पर्नेछ। यस अवधिमा धन खर्च गर्नु पर्ने देखिन्छ । पत्नीसँग अचानक कुनै कुरामा तनावको स्थिति सिर्जना हुनेछ।स्वास्थ्यमा ध्यान दिनुहोला, यो साता चोटपटकको डर छ । बिदेश जाने योग बन्ने छ ।

उपाय- ॐ नम शिवायको १०८ पटक नियमित जप गर्नुस् ।

कन्या राशि

यो साताको सुरुवात निकै राम्रो रहनेछ । लामो समयदेखि रोजगारीको खोजीमा हुनुहुन्छ भने यो साता सबै बाधाहरू हट्नेछन् । व्यवसायीहरु आफ्नो काममा निकै व्यस्त रहनेछन् । यो साता जति योजना बनाउनुभएको छ त्यो सफल हुनेछ । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर पनि मिल्नेछ । यो साता हरेक मामिलामा धेरै समझदारीका साथ अगाडि बढ्नुपर्ने छ ।

सेयर बजारमा सक्रिय व्यक्तिहरूले हतारमा कुनै निर्णय लिनु हुँदैन । स्थायी सम्पत्तिसँग सम्बन्धित काम अगाडि बढाउनको लागि साता राम्रो छ । अत्यधिक मिलनसार भएका व्यक्तिहरूबाट सावधान रहनुपर्छ। दाम्पत्य सम्बन्ध मधुर रहनेछ। यस समयमा तपाईंले स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ । उपचारको आवश्यकता रहन्छ। यो साता बोलीमा नियन्त्रण राख्नुपर्ने देखिन्छ । कसैको मन दुख्ने खालका शब्द नबोल्नुहोस् ।

उपाय- ॐ नमो भगवते बासुदेबाय नम १०८ पटक नियमित जप गर्नुस् ।

तुला राशि

यो साता तपाईंले सबै कुरा पाउनुहुनेछ । तपाईंको लागि समय राम्रो छ। काममा गति आउनेछ, भाग्यले साथ दिनेछ, अचानक धन लाभ हुनेछ, व्यापार विस्तार हुनेछ । नयाँ सम्बन्ध बन्नेछ र रोकिएको काम पूरा हुनेछ । यो साता सिर्जनशील, मनोरञ्जन वा कलाको क्षेत्रमा काम गर्नेहरूका लागि राम्रोसँग भेटघाट हुने सम्भावना छ गुरु वा वरिष्ठको सहयोग मिल्नेछ । केही व्यक्तिहरू आइतबार पारिवारिक समस्याका कारण तनावमा रहनेछन् ।

यो साता आर्थिक अवस्था सन्तोषजनक रहनेछ, तर तपाईंले लापरवाहीपूर्वक खर्च गर्नुहुँदैन । तपाईंले कुनै पनि नयाँ व्यवसाय विस्तारको लागि बैंकबाट ऋण लिन सक्नुहुन्छ । यो साता व्यापारमा तिब्र गतिमा विस्तार हुनेछ । जमिन, घर वा अन्य सम्पत्तिसँग सम्बन्धित व्यक्तिहरूले तपाईंलाई अचानक आर्थिक लाभ प्राप्त गर्ने सम्भावना छ वंशाणुगत सम्पत्तिबाट । छोराछोरी उच्च शिक्षा लिन वा प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्न बिदेश जाने योग बनेको छ । दाम्पत्य जीवनमा मधुरता रहनेछ र ससुरालीबाट सुख मिल्नेछ ।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।

वृश्चिक राशि

यो साता तपाईंको लागि सामान्य फलदायी रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । व्यापार व्यावसायमा लाभ होला तर केही समस्या निम्तिनेछ । मेहनत र संघर्ष बढ्नेछ । यदि तपाईंले यो साता यात्रा गर्नुछ भने, सावधानीपूर्वक यात्रा गर्नुहोस् वा कुनै पनि प्रकारको यात्रामा जानबाट जोगिनुहाेस् । यो साता जागिर परिवर्तन र स्थानान्तरणको सम्भावना रहेको छ । सन्तानसँग सम्बन्धित समस्याहरू समाधान हुनेछन । केही व्यक्तिहरूको लागि यो साता धेरै कामको बोझले रिस र तनाव बढ्नसक्छ ।

साताको अन्त्यमा तपाईंको व्यवसायमा राम्रो प्रगति हुने देखिन्छ । अवसरको सदुपयोग गर्न पूर्ण ध्यान दिनुहोला । पत्नी तथा सन्तानसँग मेलमिलापको स्थिति रहनेछ । यदि तपाईं अविवाहित हुनुहुन्छ भने, विवाहको लागि तपाईंको ग्रह सकारात्मक बनेको छ।सन्तको आशीर्वादले मानसिक शान्ति मिल्नेछ । यो साता तपाईंले सावधान रहनुपर्छ ।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।

धनु राशी

यो साता आर्थिक रुपमा निकै राम्रो रहने सम्भावना छ । नोकरी गर्नेहरूका लागि समय धेरै अनुकूल छ । शारीरिक स्वास्थ्यमा ह्रास आउनेछ । ऊर्जाको अभाव हुनेछ। यस समयमा यताउता दौडधुप बढी हुने छ। साथै व्यापारमा सानातिना समस्याले मानसिक तनाव सृजना बढ्नेछ तर समाधान पनि हुनेछ । आर्थिक लाभ हुनेछ। आयमा वृद्धि हुनेछ सम्पत्ति बढ्ने सम्भावना छ ।

यो साता तपाईंले आफ्नो करियरमा नयाँ अवसर प्राप्त गर्नुहुनेछ । यो साता आफ्नो काममा कुनै परिवर्तन नगर्नुहोस्, यो भविष्यमा तपाईंको करियरको लागि लाभदायक हुनेछ। तपाईंले आफ्नो परिवारको अनुभवबाट धेरै कुरा सिक्न पाउनुहुनेछ।पर्यटन, सेल्स र मार्केटिङसँग सम्बन्धित व्यक्तिले यात्रा गर्नुपर्ने हुनसक्छ।परिवारमा मनमुटाव हुनेछ । आफ्नो इज्जतको ख्याल राख्नुस र आफ्नो इज्जत घटाउने कुनै काम नगर्नुस् । प्रेम सम्बन्धमा पार्टनरको व्यवहारबाट खुसी हुनुहुनेछ ।

उपाय- ॐ गम गणपताय नम १०८ पटक नियमित जप गर्नुस् ।

मकर राशि

याे साता मिश्रित फलदायी रहनेछ । जुनसुकै नयाँ योजना बनाइरहनुभएको छ, ती सबै सफल हुनेछन् । जागिरमा हुनुहुन्छ भने नयाँ जिम्मेवारी लिन तयार हुनुहोस् । यो साता तपाईंको ध्यान राम्रो खाना, लुगा, मनोरञ्जन, दाम्पत्य सुख र विलासितामा केन्द्रित रहनेछ । यो साता करियरमा राम्रो अवसर मिल्नेछ । यदि तपाईंको नजिकको कोही तपाईसँग रिसाएको छ भने, तपाईं यो साता उसलाई मनाउन सफल हुनुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ र दाम्पत्य जीवन सुखद् रहनेछ । कामसँगै हल्का व्यायामलाई पनि महत्व दिनुपर्ने छ । यो साता व्यवसायमा लाभ हुने सम्भावना छ, तपाईंले सही अवसरहरू पहिचान गरी फाइदा लिने प्रयास गर्नुपर्छ । कृषि तथा सम्वन्धित वस्तुको व्यावसायमा लाभ हुने देखिन्छ ।

उपाय- शिव चालिसा नियमित पाठ गर्नुस् ।

कुम्भ राशि

यो साता निकै शुभ रहने छ । तपाईंलाई आफ्नो व्यापार विस्तार गर्नको लागि अनुकूल अवसर मिल्नेछ, तपाईंले सम्भव भएसम्म विवादबाट टाढा रहनु पर्छ ।बोलीमा विशेष ध्यान दिनुपर्छ, सम्बन्धमा समस्या आउने सम्भावना छ । यो साता तपाईंले हरेक काम आत्मविश्वासका साथ गर्नुहुनेछ र सफलता प्राप्त गर्नुहुनेछ। रोजगारीका लागि यो समय राम्रो छ । तपाईंको कामको सर्वत्र प्रशंसा हुनेछ । यति मात्र होइन, तपाईंले आफ्नो परिवारबाट पनि सहयोग प्राप्त गर्नुहुनेछ ।

अल्छी हुनबाट बच्नुहोस् र आफ्नो जीवनसाथीसँग सम्बन्ध सुधार्नुहोस्। यो साता रोचक विषयमा अगाडि बढ्न सकिनेछ । कम परिश्रममा बढी लाभ मिल्ने सम्भावना छ । व्यापारिक मामिलामा तपाईंको विवेकले काम गर्नेछ । सरकारी काममा पनि गति आउनेछ । यो साता साझेदारसँग व्यापार सुरु गर्दा लाभ हुने सम्भावना छ । यो साता तपाईको स्वास्थ्य राम्रो रहनेछ ।

उपाय- शिव चालिसाको नियमित पाठ गर्नुस् ।

मीन राशि

यो साता कार्यस्थलमा चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्नेछ । सोमबार तपाईंको जागिरमा केही समस्या आउनेछ । शनिको प्रकोपका कारण तपाईंले लामो समयदेखि सामना गरिरहनुभएको समस्या यो साता पनि समाप्त हुने छैन । अपरिचित व्यक्तिलाई विश्वास नगर्नुहोस्। जागिरमा हुनुहुन्छ भने अलिकति सचेत रहनुहोला । धन लगानी र वैदेशिक काममा प्रगति हासिल गर्न निरन्तर मिहिनेत गर्नुपर्नेछ । आकस्मिक धनको आगमनले तपाईको आर्थिक स्थिति मजबुत हुनेछ ।

यो साता व्यवसायिक मामिलामा धैर्यताका साथ अगाडि बढ्नु होला । समय बित्दै जाँदा आयात–निर्यात व्यवसायमा लागेका व्यक्तिहरुसँग सम्पर्कमा रहेर सावधानी अपनाउनुपर्नेछ । प्रेम सम्बन्धमा रहेका समस्याहरू समाधान हुनेछन् र प्रेम सम्बन्धमा मधुर अवस्था सिर्जना गर्न सक्षम हुनुहुनेछ।

उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुस् ।

Logo