महेन्द्रवादी र देशभक्त एउटै हो भने ‘महेन्द्र तक्मा’को व्यवस्था गरौं: मैनाली

महेन्द्रवादी र देशभक्त एउटै हो भने ‘महेन्द्र तक्मा’को व्यवस्था गरौं: मैनाली

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । बरिष्ठ पत्रकार युवराज गौतमद्धारा लिखित ‘राष्ट्रवादको आलोकमा राजा महेन्द्रको डायरी’नामक पुस्तक सार्वजनिक गरिएको छ ।

शनिबार एक कार्यक्रमकाबीच ‘राष्ट्रवादको आलोकमा राजा महेन्द्रको डायरी’नामक पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक विमोचन कार्यक्रममा नेकपा(माले)का महासचिव एव वामपन्थी नेता सिपी मौनालीले पृथ्वीनारायण शाह जन्मेको दिन नभएर सिन्धुलिगढीको युद्ध जितेको दिनलाई एकीकरण दिन मान्नुपर्ने दाबी गरे ।

नेता मैनालीले अहिले देशभक्तहरुलाई गाली गर्दै ‘महेन्द्रवादी’ भन्ने गरेको प्रसंग उल्लेख गर्दैमहेन्द्रवादी र देशभक्त एउटै हो भने पृथ्वी तक्मा दिएजस्तै ‘महेन्द्र तक्मा’ दिने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

उनले भने,‘हामीले एकीकरण दिवस भनेर यदी कुनै दिनलाई मान्ने हो भने पृथ्वीनारायण शाह जन्मेको दिनलाई होइन सिन्धुलिगढीको युद्ध जितेको दिनलाई मान्नुपर्छ । किनभने त्यसले मात्र हामीलाई एकीकरणको सही अर्थ स्थापित गर्छ । अहिले देशभक्तहरुलाई प्रशंसामा होइन गालीमा महेन्द्रवादी भन्ने गर्छन् । प्रशंसामा महेन्द्रवादी भन्नुपर्ने हो । देशभक्त हो भने पृथ्वी तक्मा दिएजस्तै महेन्द्र तक्मा दिने व्यवस्था गर्नुपर्ने हो ।’

उनले नेपाललाई कसरी हुन्छ विदेशीको नियन्त्रणमा लैजाने दोस्रो चरणको रणनीति सुरु भएको पनि बताए । उनले पुराना दलहरु सबै लम्पसारवादी भएको आरोप लगाए । उनले भने, ‘हाम्रो राजनीतिमा अहिले लम्पसारवाद हावी भएको छ । विदेशीहरुको दबावमा छ । सबै पुराना दलहरु सबै लम्पसारवादी भएका छन् । विदेशी हैकम आमाले पस्केर दिएको घिउ भात जसरी खाइदिन्छन् ।’

लेखक गौतमले नवीन पुस्तालाई नेपाली राजतन्त्रको महिमा र इतिहासको गरिमाबोध गराउन पुस्तक सहयोगी बन्ने बताए ।

Logo