कञ्चनपुरमा रगत लतपत्तिएको टि-सर्ट भेटिएपछि तालिमप्राप्त कुकुर घटनास्थलमा

कञ्चनपुरमा रगत लतपत्तिएको टि-सर्ट भेटिएपछि तालिमप्राप्त कुकुर घटनास्थलमा

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । कञ्चनपुरमा केही दिन अघि बेपत्ता भएका एक युवकको टि–सर्ट रगत लतपतिएको अवस्थामा भेटिएको घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थल पुगेको छ ।

कृष्णपुर नगरपालिका वडा नम्बर ७ कलुवापुरका १९ वर्षीय सुविल बडायक चार दिनदेखि बेपत्ता छन् । उनको हत्या भएको आशंका गरिएको छ । कुकुरको सहायताले एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको नाम भने प्रहरीले खुलाएको छैन ।

रगत लतपतिएको टि–सर्ट सुँघेको कुकुर जता जता गयो त्यतै प्रहरी गइरहेको छ । बडायकले लगाउने गरेको टि–सर्ट गाउँ नजिकैको खेतमा रगतले लतपितएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

टि–सर्ट रगत लतपतिएको अवस्थामा भेटिएपछि उनको हत्या भएको भन्दै स्थानीय बासिन्दा प्रदर्शनमा उत्रेका छन् ।

Logo