साउनको पहिलो सोमबार पशुपतिनाथमा श्रद्धालु भक्तजनको घुइँचो[तस्विरमा हेर्नुहाेस्]

साउनको पहिलो सोमबार पशुपतिनाथमा श्रद्धालु भक्तजनको घुइँचो[तस्विरमा हेर्नुहाेस्]

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज पशुपतिनाथ दर्शनका लागि व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ । साउनको सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।सोमबारलाई शिवको बार मानिन्छ । किनभने शिवको शिरमा चन्द्रमा छन् र ग्रह नक्षत्रअनुसार चन्द्रमाको बार सोमबार हो ।

Logo