झापासहित तराईका पाँच जिल्लामा वैशाख २ गते सार्वजनिक विदा

झापासहित तराईका पाँच जिल्लामा वैशाख २ गते सार्वजनिक विदा

केन्द्रबिन्दु
0
Shares

झापा । तराईका पाँच जिल्लामा बैशाख २ गते सार्वजनिक विदा दिईएको छ । गृह मन्त्रालयले सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक विदा दिएको हो । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक विदा दिएको जनाएको हो ।

गृह मन्त्रालयले उक्त सूचना पाँचवटै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकेको छ । सरकारले अघिल्लो वर्ष सिरुवा पर्वको बिदा कटौती गरेपछि आदिवासी समुदायले विदाको माग राखेका थिए। तराइमा बस्ने आदिवासी (राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी) समुदायले सिरुवा पर्व मनाउँदैं आएका छन् ।

२०७६ साल नयाँ वर्ष शुरु भएकै दिनदेखि तीन दिनसम्म यी समुदायले सिरुवा पर्व मनाउने गरेको छ। पहिलो दिन पानी, दोस्रो दिन हिलो र अन्तिम दिन रंग सिरुवा पर्व धुमधामका साथ मनाउने गरेका छन् ।

Logo