टिपरको ठक्करबाट एकको मृत्यु, स्थानीयले टिपरमा लगाए आगो

टिपरको ठक्करबाट एकको मृत्यु, स्थानीयले टिपरमा लगाए आगो

केन्द्रबिन्दु
0
Shares

नुवाकोट । टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पासाङल्हामु मार्गको बट्टारमा शुक्रबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा विदुर नपा–२ बट्टारका २५ वर्षीय दिवाकर खनालको घटनास्थलमै मृत्यु भएको हो । अर्का एक युवक घाईते भएका छन् । दुर्घटनापछि आक्रोशित भीडले टिपरमा आगजनी गरेको छ ।

पासाङल्हामु मार्गअन्तर्गत काठमाडौँ–त्रिशूली सडक खण्डको विदुर नगरपालिका २ बट्टार भीमसेनमार्गमा बा ५ ख २८९८ नम्बरको टिपरले विपरित दिशावाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

मोटरसाइकलमा सवार खनालका साथी २४ वर्षीय मुन्ना गुप्ता घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लिमगरले जानकारी दिए। गुप्ता मोटरसाइकल मिस्त्री हुन्। उनीहरु मोटरसाइकल मर्मत गर्न मालाकोटतर्फ जाँदै थिए।

दुर्घटनापछि टिपर चालक फरार रहेका छन्। आक्रोशित भएका मानिसले टिपर चालकको लापरवाहीले दुर्घटना भएको जनाउँदै टिपरमा आगजनी गरिदिएका हुन् । आगजनीबाट टिपर पूर्ण रुपमा नष्ट भएको छ ।

Logo