महोत्तरीमा मिटरब्याजसम्बन्धी उजुरीका चाङ

महोत्तरीमा मिटरब्याजसम्बन्धी उजुरीका चाङ

केन्द्रबिन्दु
56
Shares

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी निवेदनका चाङ लागेका छन् । आर्थिक वर्ष २०८०÷८१ सम्म दुई हजार पाँच सय ७३ वटा निवेदन फर्स्योट नभएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महोत्तरीमा यस प्रकृतिका निवेदन दुई हजार आठ सय नौवटा परेकामध्ये दुई सय ३५ वटा मात्र फर्स्योट भएका छन् । अदालतमा विचाराधीन मुद्दा धेरै भएकाले निराकरणमा जटिलता भएको प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसबारले बताएका छन् ।

सरकारले मिटरब्याजबाट ठगिएकालाई उजुरी गर्न आह्वान गरेपछि स्थानीय प्रशासन र प्रहरी कार्यालयमा निवेदनको चाङ लागेको उनले बताए । कानुनी सीमाका कारण धेरै मुद्दामा निर्णायक छलफल नै हुन नसकेको उनको कथन छ ।

Logo