श्रीमती नहुँदा युवतीमाथि यौन दुर्व्यवहार गर्ने खानेपानी बोर्डका निर्देशक पक्राउ

श्रीमती नहुँदा युवतीमाथि यौन दुर्व्यवहार गर्ने खानेपानी बोर्डका निर्देशक पक्राउ

केन्द्रबिन्दु
0
Shares

चितवन । युवतीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल पक्राउ परेका छन् । मंगलबार राति युवतीलाई आफ्नो क्वार्टरमा बोलाएर यौन दुर्व्यवहार गरेको भनी प्रहरीमा परेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

श्रीमती नभएको मौकामा युवतीलाई राति ८ बजे क्वार्टरमा बोलाएका थिए । दाहालले यौन दुव्र्यवहार गरेपछि क्वार्टरबाट भाग्न खोज्दा खुट्टासमेत मर्किएको पीडित महिलाले दिएको उजुरीमा उल्लेख गरिएको छ ।

दाहालले युवती चढेर आएको स्कुटर र मोवाइल जफत गरेर आफैंसँग राखेका थिए । त्यसपछि राति नै युवती अटो चढेर गएकी थिइन् ।

युवतीले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा कार्यकारी निर्देशक दाहालविरुद्ध उजुरी दिएपछि सोधपुछका लागि बोलाइएको चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौंरले जानकारी दिए ।

Logo