भोजपुरमा घाँटी रेटेर २ महिनाकी सुत्केरी श्रीमतीको हत्या

भोजपुरमा घाँटी रेटेर २ महिनाकी सुत्केरी श्रीमतीको हत्या

केन्द्रबिन्दु
0
Shares

भोजपुर । एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । पौवादुङ्मा गाउँपालिका-४ बास्तिमका रमेश पौडेलले २ महिनाकी सुत्केरी श्रीमतीको घाँटी रेटेर हत्या गरेका हुन् । १९ वर्षकी श्रीमती जानुका पौडेल थापाले दुई महिना अघि छोराको जन्म दिएकी थिईन् ।

श्रीमान रमेशले घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार थेवेले जानकारी दिए ।

सामान्य विवादमा १९ वर्षका रमेशले घरमै श्रीमतीको हत्या गरेको डीएसपी थेवेको भनाई छ । श्रीमती हत्याका अभियुक्तलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ । घटनाको विस्तृत अनुसन्धान बाँकी रहेको डीएसपी थेवेको भनाई छ ।

Logo