एमालेले गर्‍यो वृक्षरोपण

एमालेले गर्‍यो वृक्षरोपण

केन्द्रबिन्दु
168
Shares

काठमाडौँँ । नेकपा एमाले बर्दिबास नगर कमिटीले वृक्षरोपण गरेको छ । बर्दिबास नगरपालिका ५ को टुटेश्वर गाउँभन्दा पश्चिम बगरमा वृक्षरोपण गरिएको हो ।

बर्दिबास मेडिकल कलेज निर्माण गर्दा बिस्थापन गर्नुपर्ने बोटबिरुवाको सट्टाभर्ना र स्वच्छ पर्यावरणमा योगदान गर्न वृक्षरोपण गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सम्झनामा बिहान ७ बजेदेखि ११ बजेसम्म विभिन्न जातका ५००० बिरुवा रोपेर पुष्पलालको मार्ग निर्देशन बारे परिचर्चा समेत गरिएको थियो । कार्यक्रममा एमालेका ३५६ स्थानीय नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Logo