क्रिश्चियनको धर्म परिवर्तन गराउने कार्यक्रम रोक्न सीडीओको निर्देशन !

क्रिश्चियनको धर्म परिवर्तन गराउने कार्यक्रम रोक्न सीडीओको निर्देशन !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । क्रिश्चियन धर्मावलम्बीहरुले काठमाडौंमा गर्न लागेको कार्यक्रमबारे काठमाडौं जिल्ला प्रशासनले चासो देखाएको छ । क्रिश्चियन धर्मालम्बीहरुले चैत्र २८ गतेदेखि काठमाडौंको योगेम्बर पार्टी प्यालेसमा चङ्गाइ एवं सामुहिक धर्म परिवर्तन कार्यक्रम आयोजना गर्दैछन् ।

उक्त कार्यक्रम रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यले चासो देखाएका हुन् । सीडीओ आचार्यले कार्यक्रमबारे बुझ्न प्रहरीलाई निर्देशन दिएका छन् । ‘कार्यक्रम के हो ? कस्तो हो ? बुझ्न र हो–हल्ला तथा नियम विपरित भए कार्यक्रम बन्द गराउन भनेका छौं’ सीडिओ आचार्यले भने ।

विभिन्न प्रकारका लोभलाग्दा कार्यक्रम गरि धर्म परिवर्तन गराउने मनसाय भएको भन्दै सगोरा नेपाल, शिव सेना नेपाल, झाक्री संघ लगायतका हिन्दुबादी संघ संस्थाहरुले स्थानीय प्रशासनमा उजुरी दिएका थिए । उनीहरुको उजुरीपछि सीडीओले आवश्यक कदम चालेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय ललितपुरलाई पनि ध्यानार्कषण गराएका थिए । यस अघि चङ्गाइ कार्यक्रम ललितिपुरको सेन्ट जेभिर्यस कलेजमा गर्ने तयारी थियो । त्यहा चर्को बिरोध भएपछि स्थान परिवर्तन गरिएको हो ।

ललितपुरका सीडीओ प्रेमराज जोशीले पनि उक्त कार्यक्रमबारे थप अनुसन्धान भईरहेको जानकारी दिए । सगोरा नेपालका संरक्षक अर्जुन रानाले आम जनमानसमा भ्रम सिर्जना गराएर कार्यक्रम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न माग गर्दै स्थानीय प्रशासनमा उजुरी दिएको बताए ।

चङ्गाई कार्यक्रममा अपाङ्ग र अस्पतालले निको पार्न नसकेका रोगीहरुलाई येशुको प्रार्थना गरेर रोग निको पार्ने दाबी गरिएको छ । प्रार्थना गरेर रोग निको हुने भए राज्यले अस्पताल र डाक्टरमा किन खर्च गर्नुपथ्र्यो भन्दै लोभ लालच देखाएर नेपालीहरुलाई जवरजस्ती धर्म परिवर्तन गराउन खोजिएको हिन्दुवाहीहरुको आरोप छ ।

क्रिश्चियनहरुले आयोजना गरेको कार्यक्रममा गायिका अञ्जु पन्तm गायक राजेशपायल राई लगायतका कलाकारले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ । त्यस्तै कार्यक्रममा चङ्गाइ एवं सामुहिक धर्म परिवर्तन, दिर्घकालिन रोगीहरुको उपचार लगायतका कार्यक्रमहरु पनि रहेका छन् ।

Logo