निर्मला प्रकरणः पत्रकार भण्डारीविरुद्द अधिवक्ता भट्टले हाले मुद्दा

निर्मला प्रकरणः पत्रकार भण्डारीविरुद्द अधिवक्ता भट्टले हाले मुद्दा

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्त प्रकरणमा मुछिएका पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा परेको छ । जिल्ला अदालत कञ्चनपुरमा पत्रकार भण्डारीविरुद्ध अधिवक्ता बिनोद भट्टले मुद्दा हालेका हुन् । उनले प्रतिष्ठा विरुद्धको कसुरमा मुद्दा परेको हो । मुलुकी अपराध संहिता २०७४ को भाग ३ को दफा २९९ ले छलकपटकपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न नहुने व्यवस्था गरेको छ ।

पत्रकार भण्डारीले टेलिफोन, म्यासेन्जर लगायतमा माध्यमबाट जथाभावी म्यासेज पठाउने, गाली बेईज्जती गर्ने गरेको अधिवक्ता भट्टको भनाई छ । निर्मला प्रकरणलाई लिएर साथीको नाताले आफुले अनावश्यक कुरा सामाजिक सञ्जालमा नलेख्न सुझाव दिएपछि उनले जथाभावी अपाच्य शब्दहरु लेखेर पठाउने गरेको अधिवक्ता भट्टको भनाई छ । सहदा–सहँदा अति नै भएपछि न्यायको लागि अदालतको ढोका ढकढक्याउन पुगेको अधिवक्ता भट्टको भनाई छ ।

आचार संहितामा कसैले आफ्नो परिचय दिई वा नदिई कसैलाई छल्ने, धोका दिने, हैरानी पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गरेमा कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

पत्रकार भण्डारीले अदालतमा परेका विचाराधिन मुद्दाहरुमा जथाभावी प्रतिक्रिया दिने, मुद्दाहरुलाई प्रभावित नै पार्न खोज्ने जस्ता गतिविधि गर्दै आएको अधिवक्ता भट्टको आरोप छ । यसअघि पनि पत्रकार भण्डारीविरुद्ध ३ वटा मुद्दा परेका छन् ।

निर्मला प्रकरणमा मुछिएकी बम दिदी–बहिनी (रोशनी बम र बबिता बम) ले पनि पत्रकार भण्डारीसहित ३ जनाविरुद्ध मुद्दा हालेका हुन् । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले र जिल्ला तथा उच्च बार ईकाईले पनि पत्रकार भण्डारीविरुद्ध मुद्दा हालेका हुन् ।

महेन्द्रनगरबाट प्रकाशित हुने मानसखण्ड दैनिक तथा मानसखण्ड डटकमका सम्पादक रहेका भण्डारीले निर्मला प्रकरणमा विभिन्न किसिमका टिकाटिप्पणी गर्दै आएका छन् । गत साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिईन् ।

उक्त घटनामा अभियुक्त अझै पत्ता लाग्न सकेका छैन् । जिल्ला प्रहरीका कार्यालय कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो लगायतका प्रहरी टिमले घटनाको अनुसन्धान गरिरहेको छ । तर कसले हत्या गर्यो भन्ने पत्ता लाग्न सकेको छैन् ।

सम्बन्धित थप समाचारः

निर्मला प्रकरणः पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा

निर्मला प्रकरणः प्रहरीमाथि यस्तो दबाब, ‘दिलिप मेरो सालो हो कारवाही नगर्नु’

निर्मला प्रकरणमा पत्रकार भण्डारीविरुद्ध फेरि अर्को मुद्दा

निर्मला प्रकरणमा मुछिएका पत्रकार खेम भण्डारीको प्रष्टिकरण

 

Logo