कीर्तिपुरका मेयरको शोकमा उपत्यकाका सबै पालिकामा आइतबार बिदा

कीर्तिपुरका मेयरको शोकमा उपत्यकाका सबै पालिकामा आइतबार बिदा

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । काठमाडौँ उपत्यकाको मेयर्स फोरमले कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । बिहीबार निधन भएका नकर्मीको शोकमा फोरमले उपत्यकाभरका पालिकाहरूमा साउन १३ गते आइतबार बिदा दिने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

उपत्यकाका विभिन्न पालिकाहरुले सूचना जारी गर्दै त्यस दिन आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायतका कार्यालयहरू बन्द रहने जानकारी गराएका छन् ।

Logo