आफन्तको घर आएका दुई बालक बगेः एक मृत भेटिए, एक बेपत्ता

आफन्तको घर आएका दुई बालक बगेः एक मृत भेटिए, एक बेपत्ता

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । पौडी खेल्न क्रममा तिनाउ नदीले बगाउँदा एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका ११ बुद्धनगर तिनाउ नदीमा उनीहरू पौडी खेल्न गएका थिए । आफन्तका घर आएका उनीहरू पौडी खेल्न तिनाउ नदीमा गएका थिए ।

तीन जना बालकहरू पौडी खेल्न गएका थिए । दुई जनालाई नदीले बगाएपछि अर्का एक जनाले आफन्तलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार बागलुङको बरेङ गाउँपालिका ४ घर भई बुद्धनगर बस्ने १२ वर्षका विवश खत्री र रूपन्देहीको सैनामैना नगरपालिकाका ८ वर्षका विप्रन पाण्डेलाई तिनाउले शुक्रबार साँझ बगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार विवश मृत भेटिएका छन् भने पाण्डेको अवस्था अझै पत्ता लाग्न सकेको छैन । बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रहरी भनाइ छ ।

Logo