सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच जनाको परिवारले बुझे शव

सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच जनाको परिवारले बुझे शव

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच जनाको परिवारले शव बुझेका छन् । अस्पताल स्रोतका अनुसार उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका हुन् ।

मृतकको परिवारको शिक्षा र रोजगारी, मानिसिक परामर्श, दाहसंस्कार तथा किरियाको खर्च, शववाहनको व्यवस्था र सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने अडान कायम नै राखेका छन् । बीमा रकम कति र कहिले पाउने प्रष्ट हुनुपर्ने, सौर्य एयरलाइन्सले दिने क्षतिपूर्ति, मृतकका छोराछोरीको शिक्षा, आश्रित परिवारको रोगजगारी लगायतका विषयमा प्रष्ट भएपछि मात्र शव बुझ्ने मृतकका आफन्तले अडान राखेका छन् ।

सौर्य एयरलाइन्सले शुक्रबार विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्म सहयोग, साथ र सद्भाव रहने बताएको छ ।

Logo