डा. रुइत र पत्रकार चन्द्रकिशोर पुरस्कृत

डा. रुइत र पत्रकार चन्द्रकिशोर पुरस्कृत

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत २०८१ सालको ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार’ द्वारा पु्स्कृत भएका छन् । बितेको २८ वर्षदेखि सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संस्था कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले रुइतलाई पुरस्कृत गरेको हो ।

शुक्रबार काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०२ औं जन्मस्मृति सभामा गुठीले यस वर्षको ‘सेवा पुरस्कार नेपाल’ पत्रकार तथा लेखक चन्द्रकिशोरलाई प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासले दुवै व्यक्तित्वलाई पुरस्कृत गरेका हुन् ।

पुरस्कृत व्यक्तित्वहरूलाई पुरस्कारका साथ नगद राशी जनही २ लाख २२ हजार २२२ रुपैयाँ प्रदान गरिएको हो । कार्यक्रममा यस वर्षको ‘बद्रीविक्रम चरित्र निर्माण पुरस्कार’ हिन्दु विद्यापीठ थलीका छात्र अनुप दाहाललाई प्रदान गरिएको छ । प्राडा लोकविक्रम थापाद्वारा स्थापित यस पुरस्कारका साथ नगद राशी १० हजार प्रदान गरिएको हो ।

कार्यक्रममा गुठीको स्मारिका ‘सेवा नेपाल’को कृष्णप्रसाद भट्टराई विशेष अंक र विशेष ग्रन्थ ‘किसुनजी’ लोकार्पण गरेको छ ।

Logo