टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

केन्द्रबिन्दु
84
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा मिनि टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा ठेगाना नखुलेका ६५ वर्षीय लालबहादुर तामाङ रहेका छन् । शुक्रबार राति ९ः५५ बजे काभ्रेको धुलिखेल नगरपालिका ३ बाँसघारीस्थित अरनिको राजमार्ग सडकमा बनेपाबाट धुलिखेल जाँदै गरेको बाप्र ०१ ००४ क ०१३० नम्बरको मिनि टिपरले पैदलयात्रीलाई ठक्करबाट पैदलयात्रीको मृत्यु भएको काभ्रे प्रहरीले बताएको छ ।

मृतकको गोजीमा भेटिएको स्वास्थ्य सेवा कार्डबाट उनको पहिचान खुलेको हो । टिपर र चालक महाभारत गाउँपालिका ४ बस्ने ३१ वर्षीय पदम लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Logo