त्रिशूलीमा हराएका बस खोज्न ४० किलोको चुम्बक

त्रिशूलीमा हराएका बस खोज्न ४० किलोको चुम्बक

केन्द्रबिन्दु
42
Shares

चितवन । भारतबाट आएका खोजी टोलीले सिमलतालको पहिरोमा परी बेपत्ता बसको खोजीका लागि आज चुम्बक प्रयोग गरेको छ । भारतको राष्ट्रिय विपद् रेस्पोन्स टोलीमा चार जना गोताखोरसहित आएका १२ जनाले आज खोजीको अन्तिम प्रयास थालेका हुन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज ४० किलोको म्याग्नेटिक डिभाइस ल्याएर अन्तिम खोजी प्रयास गरिँदै छ । उनका अनुसार सिमलताल दुर्घटनास्थल सिमलतालदेखि केराबारी क्षेत्रसम्मको त्रिशूली नदीमा आज भारतबाट ल्याइएको म्याग्नेटिक डिभाइस पानीभित्र डुबाएर खोजी गरिँदै छ । उनीहरू खोजीका लागि आएको आज सात दिनको समय पूरा भइसकेको छ । तर दुर्घटनामा हराइरहेका ३२ जना यात्रु र दुबै बसको कुनै पत्तो छैन । खोजीका लागि दैनिक पाँच सय हाराहारीमा सुरक्षाकर्मी, तालिमप्राप्त नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिरहेका छन् ।

असार २८ गते काठमाडौँबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेका दुई बस सिमलतालमा त्रिशूली नदीमा खसेका थिए ।

Logo