कञ्चनपुरमा फेरि अर्को घटना, फरुवा प्रहार गरेर सासुको हत्या

कञ्चनपुरमा फेरि अर्को घटना, फरुवा प्रहार गरेर सासुको हत्या

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । एक व्यक्तिले फरुवा प्रहार गरी सासुको हत्या गरेका छन् । लालझाडी गाउँपालिका १ बिनावारीका २५ वर्षीय निरज रानाले फरुवा प्रहार गरेर आफ्नै दाईको सासुको हत्या गरेका हुन् ।

जग्गा सम्बन्धी विवादमा रानाले सासुमाथि फरुवा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।

विगतदेखि विवादित जग्गामा खन्न भन्दै राना फरुवा लगेर गएका थिए । त्यही क्रममा सासुले त्यो विवादित जग्गा हो त्यहाँ नखन्न भन्दा विवाद भएको थियो । विवादले चर्को रुप लिएपछि रानाले सासुमाथी फरुवा प्रहार गरेको र बासमतीको घटनास्थलमै ज्यान गएको डीएसपी बिष्टको भनाई छ ।

हत्या गर्ने निरजलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि जिल्ला झिकाईएको छ । भने घटनाबारे इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

File Photo

Logo