तस्विरमा बाढी र डुबानले काठमाडौंमा निम्त्याएकाे विनाश, जनजीवन अस्तव्यस्त

तस्विरमा बाढी र डुबानले काठमाडौंमा निम्त्याएकाे विनाश, जनजीवन अस्तव्यस्त

केन्द्रबिन्दु
322
Shares

मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले काठमाडौं उपत्यकामा वितण्डा मच्चाएको छ । बागमती र यसका सहायक नदीहरू मनोहरा, कोड्कु, हनुमन्ते, कर्मनासालगायत खोलाहरूमा जल सतह बढेपछि आसपास क्षेत्र डुबानमा परेको छ । जसले गर्दा आसपासका बासिन्दाहरु प्रभावित भएका छन् । बाढी र डुबानका कारण भौतिक क्षति पनि पुगेको छ । यसैगरी डुबानमाा फसेका काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार प्रहरीले गरेको छ । यता, बल्खु खोलामा बाँकेका एक पुरुषको शव फेला परेको छ । खोलामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तस्विरः रामकुमार थापा/केन्द्रबिन्दु

Logo