गुरुदेव कामतको शोकमा मधेस सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने

गुरुदेव कामतको शोकमा मधेस सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । गुरुदेव कामतको निधनको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । शास्त्रीय सङ्गीतका साधक तथा गायक कामतको शोकमा प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

कामतको निधनप्रति शोक तथा श्रद्धाञ्जलि व्यक्त गर्न आइतबार मधेस प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको हो ।
कामतको सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डामा बिहीबार निधन भएको थियो।

Logo