हावाहुरी प्रभावित क्षेत्रमा स्काउट टोली

हावाहुरी प्रभावित क्षेत्रमा स्काउट टोली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बारा र पर्साका विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा नेपाल स्काउटको टोली गएको छ । सुरज खनालको नेतृत्वमा १५ जनाको टोली बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा गएको हो ।

उनीहरु चामल, चिउरा, त्रिपाल, मेट्रेस, प्राथमिक उपचार सामग्रीसहित बारा प्रस्थान गरिएको टोलीमा सहभागी बिभिषण घिमिरेले जानकारी दिए । स्काउट टोलीले दुई दिनसम्म प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्नुका साथै उद्दारमा सहभागी हुनेछ ।

सोमबार राति आएको हावाहुरीबाट बारा र पर्साका विभिन्न क्षेत्रमा ठूलो धनजनको क्षति पुगेको छ । गृहमन्त्रालयले जनाए अुनसार अहिलेसम्म २७ जनाको मृत्यु भएको छ । साढे ३ सय भन्दा बढी घाइते भएका छन् ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । घाइतेमध्ये १० जनाको काठमाडौंमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ७ जनालाई बिहानै ल्याईएको थियो भने बाँकी ३ जनालाई सोमबार साँझ साढे ५ बजेतिर काठमाडौं ल्याईएको हो ।

Logo