धुर्मुस-सुन्तली फाउण्डेशनले बाड्यो ४ सय परिवारलाई राहत सामग्री

धुर्मुस-सुन्तली फाउण्डेशनले बाड्यो ४ सय परिवारलाई राहत सामग्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हावाहुरी प्रभावित बारा र पर्साका विभिन्न क्षेत्रमा राहत तथा उद्दारको कार्य जारी छ । त्यस्तै राहत वितरणको काम पनि भईरहेको छ । स्थानीय, प्रदेश तथा केन्द्र सरकारसँगै विभिन्न संघसंस्था पनि राहत वितरण तथा उद्दार कार्यमा खटिएका छन् ।

धुर्मुस-सुन्तली फाउण्डेशनले पनि बारा र पर्साका प्रभावित क्षेत्रका ४ सय परिवारलाई राहत सामग्री वितरण गरेको छ । प्रभावित क्षेत्रमा पुगेर फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले ४ सय परिवारलाई आवश्यक पर्ने चामल, त्रिपाल र चाउँचाउँ लगायतका राहत सामग्री वितरण गरेका हुन् ।

उनले बाराको अति प्रभावित क्षेत्र फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद शाहलगायत प्रतिनिधिको रोहवरमा उक्त सामग्री हस्तान्तरण गरेका हुन् । फाउण्डेशनको टोली हावाहुरी प्रभावित क्षेत्रमा खटिएको छ ।

आईतबार राति आएको हावाहुरीले बारा र पर्सामा २७ जनाको मृत्यु भएको छ । त्यस्तै साढे ३ सय भन्दा बढी घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको सरकारले जनाएको छ ।

Logo