कोटीहोमको विवादबारे बोले यज्ञाचार्य अर्याल [भिडियोसहित]

कोटीहोमको विवादबारे बोले यज्ञाचार्य अर्याल [भिडियोसहित]

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । पशुपति क्षेत्र काठमाडौंमा कोटीहोम नेपाल महात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ जारी छ । मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा आयोजना गरिएको कोटीहोम महात्म्य तथा महायज्ञ गत साउन १ गतेबाट सुरु भएको थियो । महायज्ञ आगामी साउन ३२ गतेसम्म जारी रहने छ ।

महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन भइरहेको छ ।

साउन २४ गते विहीवार सभा करोड कोटिहोमको संकल्प पूरा भएको छ । यही क्रममा कैलास पर्वतमा सत्चण्डी प्रारम्भ भएको छ । यसैगरी देवीको हवन, भागवतपुराणको हवन, तर्पण, मार्र्जन गर्दे यज्ञ समापनतर्फ अगाडि बढेको छ । ३० गते दिपक प्रज्वलन सहित दिपावलीको कार्यक्रम रहेको छ र ३१ गते यज्ञको विधिवत रुपमा पूर्णावती हुने छ । नेपालका विद्धान् साधुसन्त श्री १००८ ज्ञानानन्द स्वामी, श्री १००८ विवेकानन्द स्वामी, डा. रमनानन्द र अन्य साधुसन्तहरुद्धारा यज्ञको अवलोकन कार्य भएको छ र यथावत् रुपमा यज्ञ सञ्चालन भइरहेको यज्ञका यज्ञाचार्य कृष्ण प्रसाद अर्यालले बताएका छन् ।

महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचिका चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा, भारतका लोकप्रिय कथावाचक अनिरुद्राचार्य महाराज लगायतले कथावाचन गरिसकेका छन् ।

Skip This
Skip This
Logo