पूर्वप्रधानमन्त्री लोकेन्द्र चन्दको पछुवा भ्यानलाई कारवाही

पूर्वप्रधानमन्त्री लोकेन्द्र चन्दको पछुवा भ्यानलाई कारवाही

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्कूटरलाई ठक्कर दिने पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको पछुवा भ्यानलाई कारवाही गरिएको छ । ट्राफिक प्रहरीले चन्दको पछुवा सशस्त्र प्रहरी बलको भ्यानलाई कारवाही गरेको हो ।

ट्राफिक प्रहरीले बा१झ ९५२७ नम्बरको गाडीका चालक सन्तोष घिमिरेलाई पाँच सय रुपैयाँ जरिवाना तिराएको हो । गत शुक्रबार साँझ पाँच बजे नयाँ बानेश्वर माईतिरघरबीचको सडकमा चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको गाडिले एक स्कूटरलाई ठक्कर दिएको थियो ।

सशस्त्रको भिआइपी पछुवा गाडीले स्कुटीलाई ठक्कर दिँदा स्कूटरमा सवार दुवै जना सडकमा लडेका थिए । तर भ्यान ती महिलाको उद्धार नगरी सिधै भिआईपीको सुरक्षामा दौडिएको थियो । त्यसको चौतर्फी विरोध भएपछि ट्राफिक प्रहरीले गाडि चालकलाई कारवाही गरेको हो ।

जब भीआईपीको सुरक्षामा खटिएको गाडीले स्कुटरलाई ठक्कर दिएर भाग्यो

Logo