बोक्सी भन्दै कुटपिट गर्ने पक्राउ

बोक्सी भन्दै कुटपिट गर्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

सप्तरी

विष्णुपुर गाउँपालिका–६ रञ्जीतपुरकी एक वृद्धालाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा राजगढ गाउँपालिका–३ का ५० वर्षीय धिरेन्द्र यादव पक्राउ परेका छन् ।

घरधनी ६० वर्षीया चनियादेवी राउतलाई आरोपित धिरेन्द्रले उहाँकी जेठी श्रीमतीलाई कथित बोक्सीको टुनामुना लगाई मारेको भन्दै कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ । कथित बोक्सीको आरोपमा अश्लील गालीगलौज गरी कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले धिरेन्द्र र उनकी कान्छी श्रीमती ३० वर्षीया कञ्चनदेवी यादवविरुद्ध उजुरी दर्ता गरेको छ ।

पीडितलाई उनकै घरमा डेरा लिई बसेका आरोपितहरुले गत माघ ५ गते घरभाडाको विषयमा भएको झगडापछि कथित बोक्सी भन्दै अमानवीय व्यवहार गरी कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।
रासस

Logo