विप्लव कब्जामा रहेको भवनमा प्रहरीले डोजर लगायो

विप्लव कब्जामा रहेको भवनमा प्रहरीले डोजर लगायो

केन्द्रबिन्दु
0
Shares

बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कब्जा गरेर प्रयोग गर्दै आएको एक भवन प्रहरीले भत्काएको छ । बुटवल पाल्पारोडस्थित राष्ट्रिय वाणिज्य बैंकको भवनलाई प्रहरीले डोजर लगाएर भत्काएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलले शुक्रबार भवनमा डोजर लगाएको हो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भवन भत्काइएको प्रहरीले जनाएको छ । राष्ट्रिय बाणिज्य बैंकको यो भवन १३ वर्षअघि तत्कालीन माओवादीले कब्जा गरेको थियो ।

माओवादी विभाजनपछि मोहन वैद्य समूह हुँदै पछिल्लो पटक विप्लव नेतृत्वको समूहले प्रयोग गर्दै आएको र सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै भत्काईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए । गत हप्ता प्रहरीले रातो घरबाट विप्लव समूहको बोर्ड र झण्डा हटाएको थियो ।

Logo