३ महिलालाई बलात्कार गरेको आरोपमा पत्रकार नै पक्राउ

३ महिलालाई बलात्कार गरेको आरोपमा पत्रकार नै पक्राउ

केन्द्रबिन्दु
0
Shares

दाङ । बलात्कार गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । दुई करोडभन्दा बढी ठगी र तीन महिलालाई बलात्कार गरेको आरोपमा दाङ प्रहरीले एक पत्रकारलाई पक्राउ गरेको हो । तुलसीपुर उपमहानगरपालिका-११ उरहरी बलेगनार घर भई हाल घोराही उपमहानगरपालिका १५ मा बस्ने ४० वर्षीय महेश भनिने भुवन धिताल पक्राउ परेका हुन् ।

उनी जिल्लामा सञ्चालन हुने एक अनलाइनमा आवद्ध पत्रकार हुन् । बलात्कार र ठगी आरोपमा पक्राउ परेका धिताललाई दाङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो। धिताल जयवीर मिडिया प्रालिद्वारा संचालित जलजला खबर डटकमका पत्रकार भएको प्रहरीले जनाएको छ ।

५ जना पिडितहरुको सामुहिक जाहेरी र जवरजस्ती करणीमा ३ जना महिलाबाट छुट्टा छुट्टै निबेदन परेपछि प्रहरीले धिताललाई पक्राउ गरेको जनाएको छ । उनी भागेर नेपालगञ्जबाट काठमाडौ जान लागेको सूचनाको आधारमा उनलाई बाँके र दाङको सीमाना अमिलिया नजिकैबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए । धितालको सम्पत्तिमा समेत छानविन गरिने प्रहरीले जनाएको छ । नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरेर उनको र उनीसँग सम्बन्धित व्यक्तिको थप अनुसन्धान भइरहेको एसपी पाण्डेले बताए।

धितालको साथबाट वा १५ च ७६६८ नं. को सेतो फोर्ड गाडी १, भे ८ प ३९५५ नं. को होण्डा स्कुटी एक, ८२ वटा चेक र चेकमा उल्लेख गरेको एक करोड उनन्सत्तरी लाख रुपैयाँ, खाली चेक २ थान, विभिन्न व्यक्तिलाई गराएका तमसुक ३२ वटा, तमसुकमा भएको रकम एक करोड चौबिस लाख, ढुकुटी खेलाएको रजिष्टर चारवटा, खाली तमसुक, चारवटा, पत्रकार परिचय पत्र एक थान मोबाइल, २ थान, नगद अठार हजार पाँच सय रुपैयाँ, सुनको औंठी दुईवटा ब्रासलेट एक वटा, र घडी एक थान समेत बरामत गरेको छ।

समुदायमा जाने महिलालाई ढगी गर्ने धम्काउने, शारीरिक शोषण गर्ने, ढुकुढी खेलाउने, र ३६ प्रतिशत ब्याज लिने लगायतका कार्य गर्ने र कसैले केही भने पत्रकार हुँ भनि धम्क्याउने गरेको प्रमुख पाण्डेले बताए। धितालले शैक्षिकस्तर कमजोर भएका, एकल, श्रीमान विदेश गएका महिला समुहमा बसेर पैसा उठाउने र लगानी गर्‍यो भने राम्रो कमाई हुन्छ भनि सुरुमा ढुकुटी खेलाउदै व्यक्ति ठगिमा अग्रसर भएको प्रहरी अनुसन्धानले देखिएको छ ।

Logo